एनआरएन अष्ट्रिेलियाद्धारा सिड्नीमा असमायिक निधन भएका नेपाली युवाप्रति शोक व्यक्त

परीवारजन प्रति सहानुभूति

एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बुधबार एक समबेदना पत्र जारी गर्दै सिड्नीमा बसोबास र अध्ययन गर्दै आएका दुई नेपाली युवाको असामयिक निधनले गैरआवासीय नेपाली संघ गहिरो शोकमा परेको उल्लेख गरेका छन ।

उनले ति युवाको असामयिक मृत्यू भएको भन्दै उनीहरुका परिवारजनमा दुःखलाई शक्तिमा बदल्ने शक्ति प्राप्त होस भन्दै सहानुभूति समेत प्रकट गरेका छन ।

गत डिसेम्बर २५ तारिखमा वाटामाला विचमा पौडी खेल्नेक्रममा सुजन अधिकारी र २६ तारिखमा कंगारु भ्यालीमा सुजन शर्माको निधन भएको थियो । हाल सिड्नीको नेपाली समुदाय उनीहरुको शव नेपाल पठाउने तयारीमा जुटेको छ ।

मृतकका आफ्न्तहरु पिडा र शोकमा रहेका छन भने साथीहरु पनि पिडामा रहेका छन । त्यहाँ रहेका नेपाली निकायहरुको पहलमा सहयोगको कामहरु भैरहेको बताइएको छ ।