स्मरण कथाः‘तिमीले सिकाएको बाटोमा छु किरण,यात्रा सकिएको छैन समाज रुपान्तरणको’

बिहानीको पहिलो किरणलाई जब उसले आफ्नो स्पर्समा समाउछे, हरेक अंगहरु जाँगरीलो भएर आएको अनुभूती धेरै पटक भैसकेको थियो । तर आजको अनुभूती अलि अलग खालको महसुश भएको छ । आफ्ना पाइलालाई उठाउने जागरणको प्रतिककारुपमा यो किरणलाई अनुभुती गर्ने इच्छा भनौ या रहर पलायको छ ।

हरेक दिन त्यों किरण उज्यालो छदै धर्तिमा मुस्कुराइदिन्छ, हजारौं होइन करोडौको,अरबौं, खरबौं अनी त्यो भन्दा पनि धेरै माथि, असख्य मानिसहरुलाई यसले जगाइदिन्छ । उठ अब जाग, भन्दै हरेक दिन यो बिहानी सबैलाई जगाउन आउने गर्छ, त्यसैले त मलाई यो खास लाग्छ । मलाई पनि यसले त्यसै भन्छ, सधैभरी जगाउने गर्छ अनि म यसैको ईशारामा पुरा दिनलाई सफल पारीदिने कोसिशमा लाग्ने गर्छु ।

उसले छरेको त्यो उज्यालो किरणको सदुपयोग गरिदिनु मैले आफ्नो कर्तब्य ठानिदिन्छु, मलाई उसले म बाट केही सिकन भनेर घचघच्याइ रहेको अनुभूती पनि मैले नगरेको होइन, तर म बिवश बनेको बाहाना गर्छु, मेरो कर्तब्य छ त्यस्लाई पुरा गर्नु मेरो जिम्मेवारी छ, त्यस्लाई निभाउनु पर्नेछ आदी इत्यादीका पछी भाग्दै गर्दा म त्यो उज्यालो किरणको गुण आफुमा लागु गराउन असक्षम हुन्छु । मलाई उसले स्वर्र्थी भन्छ म सहन्छु, हो किरण म तिमी जस्तो निस्वार्र्थी बन्न सकिन । तिम्रो झुल्काको उज्याँलोले पृथिबीमा अर्कै रौनक छाउँछ तर तिमीलाई हरेकदिन देख्न मैले यो सबै किन सिक्न सकिन ? किन मैले पनि यो समाजलाई अन्धकार बाट मुक्त गरेर उज्याँलोमा परिणत गर्न आफ्ना पाइलालाई अगाडि बढाउन सकिन ? तिमिले त यो संसारलाई हरेक दिन उज्यालो बनाउछौ किरण, तर मैले त सानो मेरो समाजलाई पनि उज्याँलो पार्न सकिन । किन तिमीले दियको यत्रो ठूलो शिक्षाबाट मैर्लें सानो कुरा पनि सिक्न सक्ने क्ष्मता राखिन ? म छट्पटाउछु , सारै उकुस मुकुस भएको अनुभूती हुनेगर्छु ।

तिमीबाट सिकेको यो शिक्षालाई यो समाजमा बाड्न, अन्धविश्वास, कुरीति , कुसंस्कार, कुसासन यी सबैलाई तोडेर नयाँ बिहानी ल्याउन अनि यो समाजलाई अन्धकारको रात बाट मुक्ति दिलाई नया बिहानीको उदय गराउन अघि बढ्ने इच्छा जागेर आउँछ । अनि सबैलाई जगाई उज्यालो दिनको अनुभुती गराउने अभियन्ताको लाइनमा उभिएको आभाष पनि हुन थाल्छ आफैभित्र कता कता । आजको २१ आंै शताब्दीमा मैले बुद्धले जस्तो मानिस किन बुढो हुन्छ ? किन रोगी बन्छ ? अनि किन मर्छ ? भन्ने कुरालाई लिएर ज्ञान हासिल गर्न खोजेको पनि होइन किरण । मलाई यो सब त आजको बिज्ञानले बताइदिने गर्छ यहाँ मैले यसका बारे खोज्नु पर्ने छैन । तर मलाई आज खोज्नुपर्ने बिषय यो छ , मान्छे किन गरीब र धनी भनेर विभाजन गरीन्छ ? किन कसैलाई एउटा सिटामोल मिल्दैन भने कसैको लागि अस्पताल घरमा आउछ ? किन कसैको मृत्‍यु जनावरको भन्दा पनि सस्तो हुन्छ त कसैको अमुल्य बनाइन्छ ? हे किरण तिमी त सबैलाई बराबर ज्योति दिएर जग्मगाई दिन्छौ, चारैतिर उज्याँलो बनाइदिन्छौ यो दुनियाँलाई तर तिमीले दिएको यो शिक्षालाई किन हामीले बुझ्न सकेनौ ? मानवको रुपमा जन्मिएका दानवलाई किन आज दुनियाँ केही मुट्ठीभरको हातमा बाँधीन पुग्यो किरण ? किन आज यो दुनियाँले न्यायको ज्योतिलाई अपनाउन पाएन, किन मानिस औषधीको अभाबमा मृत्यू स्वीकारर्न बाध्यछ ? आफ्नो आयु पुरा बाँच्न पाएको छैन मानिस ।

किरण मलाइ आज यही सम्झाउनु छ, यही ज्योती बाड्नु छ, हरेक मानिसले आफ्नो अधिकार प्राप्त गर्न पाउनु पर्छ, रोगको उपचार बिना मृत्‍युको शैयामा जानपर्ने बाध्यता बाट हरेक मानिसलाई मुक्त गर्न ति मुट्ठीभरले कैद गरेर राखेको उज्याँलोलाई खोलेर सबैतिर फैलाउनु छ, यो धर्तिमा न्यायको जन्म गराइ तिमीले जसरी सबैलाई समान रुपमा उज्याँलो छरेर बिहानी ल्याइदिन्छौ, त्यसैगरी यो पृथिबीलाई पनि अन्याय, अत्याचार, शोषण, दमन, भेदभाव र सबैखाले अपमानबाट मुक्त गराई मान्छेले मान्छेलाई मार्ने खेल बाट अलग गराउनु छ । एउटा अर्को बेग्लै २१ औं शताब्दीको बुद्ध जन्माउनु छ किरण मलाई । यही तिम्रो सामिप्यबाट मैले सिकेको छु । दुस्ट सोचका मानव नामका दानवले केही सिकुन भन्ने लाग्छ तिमीबाट । अब मलाइ यसमा साथ मिल्ला नमिल्ला तर मेरो एयटै लक्ष्य छ, तिमीले जसरी सबैलाई समान रुपले उज्याँलो दिन सकौ ।

हरेक कालो रात्री लाई छिचोलेर बिहानीको जन्म गराई तिमीले सबलाई खुशि पारे जस्तै, मैले पनि यो समाजलाई समानताको लागि जगाउन सकुँ, यहिँ छ किरण मेरो चाहना । यही सिके मैले तिमीसँगको संगतबाट र अबको मेरो लक्ष्य पनि यही बन्ने छ किरण । तिमीले मलाई घचघच्याइ रहनु, मैले तिमीलाई बिर्सें भने सम्झाउनु नभुल्नु ल, यही माग्छु तिमीसँग । आज फेरि यो सुनौलो बिहानीसँग आँखा खोल्दै खुशी हुन्छु तिमीले छोडेको त्यो उज्याँलोलाई स्पर्स गर्न पाउँदाको अनुभूतीले । हो आजको अनुभुती अझ फरक छ किरण जुन उज्याँलोले मलाई अगाडी बढ्न हौसल्ला दिदैछ, बढ्दैछु किरण म पनि तिम्रै साथमा पुग्ने कोशिसमा छु । तिम्रो बाट सिकेको समाजमा ज्योती फैलाउने काममा म सदै कर्तब्य निष्ठ भै लाग्ने बाचा गर्छु । यो समाजलाई बदल्न तिम्रै यात्रामा पाइलाहरु अघि बढाउछु ।।