अंग्रेजी नयाँ बर्षमा सडकमा स्टेज प्रोग्राम गर्न नपाइने

प्रहरीद्धारा सुरक्षा व्यवस्थामा कडाइ

काठमाण्डौ,पुस १५ । यस पटक अंग्रेजी नयाँ बर्षको अवसरमा सडकमा हुने कुनै पनि कार्यक्रमहरु प्रहरीले गर्न नदिने भएको छ ।

आपराधिक घटना हुन सक्ने भन्दै प्रहरीले अंग्रेजी नयाँ वर्षको अवसरमा सडकमा स्टेज बनाएर गरिने कार्यक्रम गर्न नदिने भएको हो ।

प्रहरी श्रोतका अनुसार संम्भाबित घटनालाई ध्यानमा राख्दै उपत्यकामा एकीकृत सुरक्षा योजना लागु गरेर सडकमा स्टेज कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो ।

काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर स्टेज कार्यक्रम गर्न नदिने महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी प्रद्धुम्नम्न कार्कीले हरपल नेपालसँगको कुराकानीमा बताए ।

बिशेष गरि शनिबार र आइतबार सडकमा कुनै पनि कार्यक्रम गर्न नदिने उपत्यका ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले बताए ।

प्रहरीको यस्तो निर्णयले युवा पुस्ताका तन्नेरीहरु भने दुखी भएका छन, सडकमा स्टेज बनाएर रमाइलो गर्ने तयारी गरेका युवाहरु यतिबेला निरास भएका छन ।

प्रहरीले बिशेष गरी डिसेम्बर ३१ र जनवरी १ का दिन सडक र अन्य सार्वजनिक स्थलहरुमा सुरक्षा व्यवस्थामा समेत कडा पार्ने योजना बनाएको बताएको छ ।