लोसार पर्व परेको भन्दै विप्लव माओवादीले चक्काजामको कार्यक्रम फिर्ता लियो

काठमाडौँ, पुस १४ । नेकपा माओवादीले शुक्रबार गर्ने भनेको एक घण्टे चक्काजामको कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

विप्लव माओवादीका अनुसार पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धीका विरुद्ध आयोजना गर्ने भनिएको चक्काजामको कार्यक्रम लोसार पर्वका कारण फिर्ता लिइएको हो ।

विप्लव माओवादीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धीको विरोधमा शुक्रबार विहान ९ बजेदेखि १० बजेसम्म १ घण्टे देशव्यापी चक्काजाम कार्यक्रम मार्फत मूल्यबृद्धीको बिरोध जनाउने भन्दै यस अघिनै सावजनिक गरेको थियो ।

माओवादीले आज एक विज्ञप्ति जारी गर्दै उक्त बिरोधको कार्यक्रम तत्कालका लागि फिर्ता लिइएको जनाएको छ ।
विज्ञप्तिमा शुक्रबार च्यहाल्हो चरा वर्ग लोसार पर्व परेकाले सर्वसाधारणहरुलाई पुग्न जाने असहजतामा ध्यान दिदै उक्त कार्यक्रम हालका लागि फिर्ता लिइएको बताइएको छ ।