प्रमुख दलहरुले जबरजस्ती चुनावको तयारी गरे,मधेसी मोर्चाले आन्दोलन गर्ने

मोर्चा खबरदारीसभाको तयारीमा

काठमाडौँ, पुस १४ । प्रमुख तीन दल चुनावी तयारीको लागि नजिकिदै गएका बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भने आन्दोलन गर्नेे तयारीमा गरिरहेको छ ।

मोर्चाको जारी बैठकले संविधान संशोधन नगरीकन मुलुकमा चुनावी वातावरण बन्न नसक्ने धारणा बनाएको छ । प्रमुख दलहरुले जबरजस्त चुनावको तयारी गर्न खोजेमा आफुहरुले आन्दोलन गर्नुपर्ने मोर्चाको जारी बैठकले निकर्ष निकालेको बताइएको छ ।

नेपाल सद्भावना पार्र्टीका नेता अनिल झाले हरपल नेपालसँग भने–‘बैठक जारी छ, भोलीसम्म चल्छ । सविधान संशोधन नगरिकन हुने चुनावलाई हामीहरु कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौ,प्रमुख दलहरुले मिलेर जबरजस्त चुनाबको कुरा गर्न थालेका छन,हामी आन्दोलनको तयारी गछौ । हाम्रो मागलाई प्रमुख लदहरुले सम्बोधन नगरी चुनावको कुरा गर्नु उपयुक्त हुदैन भन्ने हाम्रो साझा बुझाइ रहेको छ ।’

विहीबार तराई मधेश लोकतान्त्रिक पार्र्टीको कार्यालयमा बसेको संयुक्त मधेसी मोर्चाको बैठकमा बोल्ने अधिकाशं नेताहरुले तीन दलले जवर्जस्ती चुनाव गराउन खोजेमा त्यसको विरुद्धमा आन्दोलन गर्नुपर्ने धारणाहरु राखेका थिए ।

बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलका कारण अवस्था जटिल बन्दै गएको बतायदै अब यसरी हात बाँधि बसेर नहुने तर्क गरें । उनले मोर्चामा सघर्षका कार्यक्रमहरु तय गर्न प्रस्ताव समेत गरे ।

बैठकमा उपेन्द्र यादवले भने–‘आयोगले जुन प्रतिवेदन तयार गरेको छु भनेको छ, त्यो फर्जि र बेकामे छ, त्यसको आधारमा चुनाव कुनै पनि हालतमा हुन सक्दैन ।’

त्यसैगरी उक्त बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले देशको अवस्था दिन दिनै जटिल बन्दै गएकाले यसको बारेमा मधेशी मोर्चाले गम्भीर भएर सोच्नुपर्ने बेला आएको धारणा राखे । उनले प्रमुख दलहरुले मोर्चाले उठाएका मागको सम्बोधन नगरीकन चुनावको कुरा गर्नु नहुने धारणा राखेका थिए ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झले तीन दलको चुनावी रणनीतिलाई कमजोर गर्नका लागि स्थानीय तहमा मधेशी मोर्चाले बढी जोड दिनुपर्ने धारणा राखेका थिए ।

तीन दलले स्थानीय चुनाव गर्ने भनेपनि चुनाव स्थानीय निकायको हुने कि तहको अन्योल भन्ने विषयमै अनयौलता रहेकाले त्यसको बारेमा मधेशी मोर्चाले साझा धारणा बनाउदै संर्घष गर्नुपर्ने अधिकाशं दलहरुले बताएका थिए ।

मोचामा आवद्ध दलका नेताहरुका अनुसार मधेसी मोर्चाले केहि दिनमै खबरदारीसभा गर्ने तयारी गरिरहेको छ । त्यसपछि आन्दोलनमा जाने मोर्चाले निष्कर्ष निकालि सकेको छ ।

मोर्चाका एक नेताले भने–‘तीन दलले मिलेर यस्तै बेइमानी गर्दै गयो भने सविधानलाई नै अस्वीकार गर्ने अवस्था आउन सक्छ, यो नयाँ सविानलाई अस्वीका गर्दै अर्को नयाँ सविधान लेखनको कुरा पनि उठ्न सक्छ ।’