दलहरुलाई तीन दिनभित्र सहमति जुटाउन सभामुखको आग्रह

 

काठमाडौं,पुस १४ । ले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको निर्देशन दिएकी छन । बिहीबार रिपोर्टर्स क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख घर्र्तीमगरले तीन दिनभित्र राजनीतिक सहमति जुटाउन निर्देशन दिएकी हुन ।

सभामुख घर्तीमगरले भनिन–‘दलहरु सहमतिको नजिकमा पुग्नुभएको कुरा उहाँहरुले मलाई जानकारी गराउनुभएको छ, त्यसैले उहाँहरुबीच अझै घनिभूत छलफल होस भनेर मैले तीन दिनको समय दिएकी हुँ । तीन दिनभित्र पनि दलहरुबीच सहमति हुन नसके म प्रक्रियामा अघि बढ्छ ।’

सभामुखले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित हुनकालागि निर्देशन दिएको बताउदै भनिन –‘मैले उहाँहरुलाई राजधानी बाहिर नजानका लागि निर्देशन दिएको छु, अबको बैठक सदनमै हुन्छ, संसदभित्रै बैठक गर्न मैले निर्देशन दिएको छु,आशा गरौं यो बीचमा सहमति हुन्छ ।’

आगामी बैठकसम्म पनि सहमति नभए एकै दिनमा धेरै पटक बैठक बोलाउने आफ्नो तयारी रहेको उनले हरपल नेपालसँग बताइन । सहमतिकालागि अहिले दलहरुबीच एक पक्षीय, द्विपक्षीय र बुहपक्षीय वार्ता भैरहेको जनाउदै उनले भनिन, ‘मैले उहाँहरुसँग धेरैपटक वार्ता तथा छलफल गरेको छु, परिणामस्वरुप हिजोमात्रै पनि उहाँहरुबीच संविधानको प्रावधान अनुसार स्थानीय तहको निर्वाचन गर्नेबारे सहमति भएको कुरा आएको छ, यो अत्यन्तै सुखद खबर हो ।’

संसदभित्रको बहुमतले जे भन्छ सोही अनुरुप निर्णय लिइने जनउदै सभामुख घर्तीमगरले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने बाध्यतालाई सबैले गम्भिर रुपमा लिनुपर्नेमा जोड दिइन ।
उनले भनिन , ‘अहिलेपनि सदनमा निर्वाचनसम्बन्धी दुई वटा विधेयक कार्यसूचिमा छन,हामी थोरै समयमा गर्नुपर्ने धेरै कामहरु छन त्यतातिर सबैले ध्यान दिनु पर्दछ ।’