संविधान विधेयकविरुद्ध प्रतिपक्ष दलहरुले २२ गते आमसभा गर्ने

संयुक्तरुपमा संघर्ष गर्ने निर्णय

काठमाडौं,पुस ७ । प्रमुख प्रतिपक्ष नेकपा एमाले सहित सरकार बाहिर रहेका अन्य दलहरुले संविधान संशोधन विधेयकविरुद्ध आउदो २२ गते आमसभा गर्ने निर्णय गरेका छन । यसअघि १७ गते काठमाडौंमा गर्ने भनिएको आमसभाको कार्यक्रममा अंग्रेजी नयाँ वर्ष परेको भन्दै केहि दिन पछाडि सारीएको जनाइएको छ ।

सरकारमा नरहेका दलहरुले थप आन्दोलनको घोषणा गर्ने निर्णय समेत गरेका छन । संशोधन प्रस्ताव बिरुद्धको आन्दोलनमा ९ दल सहभागी हुने भएका छन ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको अध्यक्षतामा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त बैठकमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान लगाएत अन्य दलका नेताहरु सहभागी भएको एमालेले जनएको छ ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार दबावमुलक आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । उनीहरुले आइतबार नौ दलका अध्यक्षहरुको संयुक्त पत्रकार सम्मेलन गर्ने बताएका छन ।
संयुक्तरुपमा संघर्ष गर्ने निर्णय
हरपल नेपाल संवादाता