भक्तपुरमा बनदकर्ताद्धारा कारमा आक्रमण,चार जना पक्राउ

काठमाडौं,पुस ७ । विप्लव माओवादीले बिहीबार आयोजना गरेको उपत्यका बन्दका क्रममा बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले भक्तपुरबाट चारजनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिकास्थित दोलखाली खाजाघरबाट माओवादी मजदुर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, क्रान्तिकारी मजदुर सङ्गठनका जिल्ला अध्यक्ष विक्रम आचार्य, विप्लव समूहका भक्तपुर जिल्ला अध्यक्ष कुशल बोगटी र अखिल क्रान्तिकारीको भक्तपुर जिल्ला सचिव चित्रकमल ओलीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका १३ राधेराधेस्थित मध्य उपत्यकाको बा३ख २४६५ नंको मिनीबसमा बन्दकर्ताले ढुङ्गा हान्दा एकजना घाइते भएका छन् ।

चालीसजना सवार बसमा ढुङ्गा हान्दा मोरड कटारी घरभई हाल सल्लाघारी बस्ने वर्ष ३५ का राजेश माझीमा घाईते भइ स्थानीय नागरिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले सोही स्थानमा बा। ७ च २१५० नम्बरको कारमा आक्रमण गरी सिसा फोडेका थिए ।

प्रहरीले बन्दकर्तालाई पक्राउ गर्नथाले पछि बिहान ११ बजेदेखि भक्तपुरमा सार्वजनिक यातायातका साधन निर्वाध रुपमा चलेका छन । भक्तपुरमा बन्दको प्रभाव परेको छैन । यहाँका बजार, यातायात र सरकारी एवं सामुदायिक विद्यालय संचालन भइरहेका छन ।