‘सरकारी काम कहिले जाला घाम’ यसको अन्त्य कहिले ?

नेपालमा सरकारी कार्यालय कति समय चल्छन्छ होला ? यो प्रश्न सुन्दा सामान्य लागे नि यसले सरकारी निकायको स्पष्ट कार्यशैलि प्रति संकेत गरेको छ अनि सेवा प्रवाहको स्थीति बारे पष्ट्याउन खोजेको छ ।

अधिकाशंको उत्तर हुन सक्छ, १० देखी साँझ ५ बजेसम्म ।

तर हाम्रो समाजका सरकारी सेवामा कार्यरत केहि कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी र गनुपर्ने काम पुरा नगरेको पनि देखिन्छ । स्वास्थ्यचौकी दुई बजे नै बन्द भइसक्छ । स्कुलको चौरमा घाम तापेर दिन कटाउने गरिएको पनि देखिन्छ । सरकारी अन्य कार्यालयमा बन्द कोठामा हिटर बालेर गफ गर्ने संस्कार मौलाएको छ तर उनिहरुले आफ्नो काम भनेको अफिस कुर्नु वा हाजिर गलाउनु मै सिमित राख्नु अत्यन्त जिम्मेवारहित पन हो ।

अस्पतालमा ओपिडी सेवा पनि किन पुरा समय चल्दैनन होला ? अधिकाशं सरकारी अस्पतालमा देखिएको समस्या हो यो तर कानुनले नै स्वास्थ्य संस्थालाई यस्तो उन्मुक्ति दिएको भने होइन । कर्मचारीहरुको मनपरी नितीको कारण यस्तो समस्या देखिएको हो ।

सरकारले ओपिडी पुरा समय खोल्ने वातावरण बनाउन पहल नगर्दा र तोकिएको सेवासुविधामा बढी समय सेवा दिन सस्थ्यकर्मी र चिकित्सकले अटेर गर्दा यस्तो अवस्था आएको हो । अब भने सरकार कडा रुपमा प्रस्तुत हुनै पर्दछ, त्यसो भएन भने जनआक्रोस बढ्न सक्ने देखिन्छ ।

यस विषयमा स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्य संस्था तोकिएको समयसम्म खोल्न अटेरी गर्नेमाथि प्रचलित सबै कानुनअनुसार कारबाही गर्नसमेत सहयोग मागेको छ । तर त्यसको कार्यान्वयन भने हेर्न बाकि नै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत २३ को घोषणामै यो विषय राखेका थिए । त्यसलाई कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले तीन महिनायता तेस्रोपटक मंगलबार फेरि अर्को निवेदन पठाएको हो ।

चिकित्सकले भने सरकारले तोकेको समयमा ओपिडी चलाउँदा तोकिएको भन्दा बढी समय सेवा दिनुपर्ने भन्दै अतिरिक्त समयको थप पारिश्रमिक माग समेत गरेका छन ।