प्राकृतिक सम्पदाको प्रयोग र विकासमा राज्यले ध्यान दिनसके संवृद्धी र विकास सम्भव छ

हाम्रो देशमा असख्य श्रोत र साधनहरु रहेका छन तर त्यसको प्रयोग,विकास र संरक्षमा राज्यले ध्यान नदिएका कारण निजि क्षेत्रले बढि मुनाफा लिने र स्थानीयवासीहरु भोकै बस्नु पर्ने अवस्था समेत देखिने गरेको छ । सरकारले प्राकृतिक श्रोत साधनमाथि सरकारी तबरले सबै कृयाकलापहरु संचालन गर्नुपर्दछ, त्यसबाट राज्यले स्थानीय समाजको विकास गर्ने निती अवलम्बन गर्नु सके नेपालको संवृद्धी र विकास कसैले रोक्न नसक्ने तर्क बुद्धीजिबीहरुले गरेका छन ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकनका लागि आउने विदेसी तथा स्वदेसी पर्यटनबाट समग्र नेपालको अर्थ व्यवस्थामा समेत प्रभाव पर्ने देखिन्छ, तर विडम्बना नै भन्नुपर्छ सगरमाथा पर्यटनलाई व्यवस्थीत बनाउन सरकारी निकायहरुले खासै ध्यान पुगाएको देखिन्न ।

अत्यन्त धेरै सम्भावना र ठूलो महत्व रहेको विश्वको शिखर सगरमाथाको उचित व्यवस्थापन र व्यवसायिकतालाई सरकारी तबरले विकाश गर्न सकेको खण्डमा यसबाट राष्टलाई ठूलो उपलब्धी प्राप्त हुने विज्ञहरुको भनाइ रहेको छ ।

सगरमाथा मात्र होइन हाम्रो देशमा भएका अन्य उच्च हिमशृखलाहरु रहेका छन,त्यसको सरकारले उचित व्यवस्थापन गर्न नसकेकाले विकाश निमार्ण पनि सुस्त भएको सगरमाथा क्षेत्रका स्थानीय बासीन्दाहरु बताउँछन । उनीहरुले सरकारी निकायहरुले यहाँको सुन्दरता,महत्व र पर्यटनका लागि प्रचार प्रसार देखी व्यवसायिक विकासमा मुख्य भुमिका खेल्नुपर्ने बताएका छन ।

सरकारी निकायिको नियन्त्रण र भुमिका खासै नदेखिएको अवस्थामा भने पर्यटन सम्बन्धी काम गर्दै आएका निजि संघ संस्थाहरुले भने राम्रो काम गरिरहेका छन । यसले त्यहाँबाट प्राप्त हुने आर्थीक संकलन समाज र राज्यको नाममा नजाने भएकाले सरकारी निकायहरुको सक्रियता बढ्नु पर्ने उनीहरुको भनाइ रहेको छ ।

पुस ६ गते सिंहदरबारमा भेटिएका स्थानीय बासिन्दा नेम्जोङ शेर्पाले हरपल नेपालसँग कुरागदै भने ,‘सरकारले सिंहदरबार केन्द्रीत राजनीति छाडेर स्थानीय तहमा पुगेर त्यहाँको श्रोत साधन र सम्भावनाबारे बुझेर काम गर्दा बढि प्रभावकारी हुन्छ, तर सरकारी निकायले त्यसमा ध्यानै दिएको देखिन्न ।’

उनका अनुसार सरकारी निकायको संक्रियता नबडेका कारण सगरमाथा क्षेत्रको नाममा निजि संघ संस्थाहरु मात्र मोटाउने काम भएको छ, यसबाट देश र स्थानीयबासीलाई भन्दा व्यापारीक संस्थाहरुलाई बढि फाइदा पुगेको छ । सरकारले हाम्रा प्राकृतिक श्रोत,साधनहरुको विकास र व्यवस्थापनको सम्पुर्ण जिम्मा आफैले लिनुपर्दछ र त्यसको प्रचार गरि पर्यटन व्यावसायद्धारा राज्यलाई अधिकतम उपलब्धी दिलाउन सकिन्छ भन्छन–यस विषयमा जानकारहरु ।

नाङ्गो आँखाले उच्च शिखरहरु हेर्न हजारौँ विदेशी पर्यटक लाखौँ खर्च गरेर नेपाल आउँछन र कोही सगरमाथाको चुचुरोमै पुग्छन त कोही फेदीमा पुगेर सगरमाथालाई नाङ्गो आँखामा अवलोकन गर्छन । उनीहरुलाई आवश्यक पर्ने सम्पुर्ण सेवा सुविधा सरकारी तबरले दिन सकेको खण्डमा ठूलो उपलब्धि प्राप्त हुने देखिन्छ ।

सगरमाथा मात्र होइन राज्यको नजर नपुगेका अन्य प्राकृतिक श्रोत साधनहरुको खोजी र त्यसको विकासमा सरकारी निकायको ध्यान पुग्नु जरुरी छ । यसबाट स्थानीय श्रोत साधनको प्रयोग हुन्छ र स्थानीय विकासले गति लिन्छ । तसर्थ हाम्रो समाज भित्र लुकेका हिरालाई राज्यले खोजि गर्न विशेष ध्यान दिनुपर्दछ ।

काठमाडौँ उपत्यकाको सबैभन्दा अग्लो डाँडो चन्द्रागिरि दुई हजार ५४० मिटरमा बनाइएको भ्युटावरबाट उत्तरी दिशामा पूर्वदेखि पश्चिम भएर फैलिएको मनोरम हिमश्रृङ्खला मनै लोभिने गरी हेर्न सकिन्छ । त्यही हिमश्रृङ्खलामा भ्युटावरबाट सगरमाथा हेर्न सकिने भएको छ, चन्द्रागिरि हिल्स लिमिटेडले साउन अन्तिम साताबाट सञ्चालनमा ल्याएको केबुलकारको आरामदायी यात्रा वा थानकोटबाट चित्लाङ जाने कच्चीबाटो भएर चन्द्रागिरि डाँडोमा पुग्दा पूर्वमा सगरमाथा र पश्चिममा माछापुच्छेसम्म एकैचोटी आँखाभरि राख्न सकिन्छ । यसमा पनि सरकारी भन्दा निजि क्षेत्रको संक्रियता देखिन्छ ।

आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमश्रृङ्खला, आठ हजार १५६ मिटरको मनास्लु हिमश्रृङ्खला, सात हजार ४२२ मिटरको गणेश हिमाललगायत हिमाल भने आँखा अगाडि नै टल्किरहेको देख्न सकिन्छ तर सरकारले त्यसको व्यवसायीक विकासमा प्रत्यक्ष भुमिका खेलेको देखिन्न । यस्ता श्रोत साधनको प्रयोगमा सरकारी निकाय आफैले काम गनुपर्दछ त्यसबाट मात्र राज्य र स्थानीयवासीलाई मुनाफा हुने कुरामा बुद्धिजिबीहरुको जोड रहेको छ ।

नौ वर्ष लगाएर नेपालका हिमालसम्बन्धी प्रोफाइल तयार पारेका शुक्रसागर श्रेष्ठले १९० एरोनोटिकल किलोमिटरको दूरीमा रहेको सगरमाथालाई चन्द्रागिरि डाँडामा पुगेर अध्ययन अनुसन्धान गरेपछि मात्र देखिने वा नदेखिनेबारे थाहा हुने भन्दै सरकारले यस्तो विषममा सक्रियता बढाउन सके राम्रो हुने बताए । उनका अनुुसार चन्द्रागिरिबाट काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी जिल्लासमेत देख्न सकिन्छ भने चन्द्रागिरि डाँडाको दक्षिणी भेगका टिस्टुङ, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमा नियाल्न सकिन्छ, यसलाई सरकारी तबरले अझै विकास गर्न सकेमा पर्यटनको राम्रो सम्भावना बढ्ने देखिन्छ ।

बाक्लो वनजङ्गलले ढाकिएको उक्त डाँडामा पृथ्वीनाराण शाहले पाइला टेकेको, सतीदेवीको भाल ९निधार० खसेको सुन्दर शक्तिपीठ रहेको छ। उक्त शक्तिपीठमा फागु पूर्णिमा र वैशाख १ गते चखेल, फाकेल, चित्लाङ, थानकोटका भक्त मेला भर्न आउने गरेको निर्माण व्यवसायी मधुसूदन घिमिरेले जानकारी दिएका छन ।

सरकारले स्थानीय तहमा रहेको प्राकृतिक श्रोत साधनहरुको विकास र प्रयोग गर्दा सरकारी निकायबाटै गर्न सकेको अवस्थामा त्यसको दिगो विकास हुन सक्छ । प्रर्यटन व्यवसायबाट राज्यले राम्रो आर्थीक संवृद्धी गर्न सक्दछ । अब राज्यले त्यता ध्यान दिनुपर्ने देखिन्छ ।