एमालेको युवासंघका अध्यक्षमाथिअज्ञात समूहद्धारा गोली प्रहार

अपराधीको खोजीकार्य जारी

काठमाडौं,पुस ४ । एमाले निकट युवासंघका ररुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार भएको छ ।

रातो मोटरसाइकलमा आएको अज्ञात समुहले उनीमाथि जिल्लाको देवदह नगरपालिकामा पर्ने खैरेनीबजारमा सोमबार अपरान्ह गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

रुपन्देही जिल्ला प्रहरीका प्रवक्ता डिएसपी बेलबहादु पाण्डेले हरपल नेपालसँग कुरा गर्दै भने–‘दिउँसो करिब साढे ३ बजे तिवारीमाथि गोली प्रहार भएको जानकारी भयो,हामीले उक्त घटनामा संलग्न मानिसको खोजीकार्य गरिरहेका छौ ।’

प्रहरीका अनुसार अहिले तिवारीको देवदह मेडिकल कलेजमा उपचार भईरहेको छ ।

गोली प्रहारपछि गरेपछि उक्त समुह फरार भएको एमालेले बताएको छ । दोषीलाई तत्काल पक्राउ गर्न उनीहरुले माग गरेका छन ।
गोली लागेको तिवारीको अवस्था गंभिर रहेको जनाइएको छ ।