सरकारले विद्युत प्रधिकरण संञ्चालक समितिमा तीन सदस्य नियुक्त गर्यो

लोडसेडिङ मुक्त अभियान जारी

काठमाडौं,पुस ४ । सरकारले विद्युत प्रधिकरण संञ्चालक समितिमा तीन सदस्य नियुक्त गरेको छ । लोडसेडिङ मुक्त अभियानलाई जोड दिइरहेको मन्त्रलयले प्राधिकरणको सदस्यमा उनीहरुलाई थपेको हो ।

लोडसेडिङ मुक्त अभियानमा कुलमान घिसिङलाई अवरोध पुर्याएको भन्दै यसअघि तीन सदस्यलाई बरखास्त गरेपछि सरकारले सोमबार तीन जना नयाँ सदस्यलाई नियुक्त गरेको मन्त्रालयले बताएको छ ।

रुकुम पूर्तिमकाँडा ६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी(३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर९६ का उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको ऊर्जामन्त्रालयले बताएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालक समिति सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले काममा अवरोध गरेको भन्दै सरकारले बरखास्त गरेको थियो ।