अलपत्र र बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धारकालागि नेपालगन्जमा आश्रम संचालन

जीवनको पहल चुनौतीपूर्ण रहे पनि सामुहीक सहकार्यले सहज बनाउन सकिने ः अध्यक्ष सिटौला

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नंं.१८ कारकाँदो भुजइगाउँमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन प्रदान गर्न बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालय नेपालगन्जले २५ जना क्षमताको चार कोठे घर आश्रमका रुपमा सञ्चालनमा ल्याएको हो ।

अलपत्र र बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गर्दै आइ रहेको केन्द्रले औपचारिक रुपमा शनिबार आश्रम शुभारम्भ गरेको छ ।

एक कार्यक्रमका बीच बागेश्वरी अशल शासन क्लव (बास)का अध्यक्ष रमेश सीटौलाले पानसमा बत्ती बाल्दै रिबन काटेर आश्रमको शुभारम्भ गरेका थिए ।

अध्यक्ष सीटौलाले बेवारिसेहरुको व्यवस्थापन र नयाँ जीवनको पहल चुनौतीपूर्ण रहे पनि सामुहीक सहकार्यले सहज बनाउने विवास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय प्रतिनीधी राजु गुरुङ, नेपाल पत्रकार महासंघ लुम्वीनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई, सनलाइफ इन्स्योरेन्सका शाखा प्रमुख कमल शाहीले आश्रम सञ्चालनको सफलताको शुभकामना दिए ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालयकी सह सचिव पुनम गुरुङको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रका कार्यकारी निर्देशक भुपेन्द्र बस्नेतले गरेका थिए ।

केन्द्रकी सहसचिव समुना पोख्रेलका अनुसार केन्द्रले हाल सम्म १२ जनासँग स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँके जिल्ला समिति संयोजक कृष्ण प्रसाद उपाध्याय सहित अन्य सामाजिक अभियान्ताले बेवारिसेको उद्धार तथा व्यवस्थापन गरि सकेको बताए ।