खजुरा गाउपालिका २ वडामा बि–गु्पद्वारा स्वास्थ्य समाग्री बितरण

बि–गु्पको सहयोग वडाका विपन्न जनतालाई सहयोग ः अध्यक्ष फिरोज खान

बाँके । भेरी वातावरणीय विशिष्ट समुह (बि–गु्रप)ले खजुरा गाउँपालिकाको वडा नम्बर ४ र ८ मा शनिबार बाल्टिन र साबुन वितरण गरेको छ ।

बि–गु्रपले स्थानीय स्तरमा गएर कोरोना भाइरस बारे जनचेतना जगाउँदै स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको हो ।

कोभिड १९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न र संक्रमणको बेला सावधान अपनाउको लागि सहयोग गर्ने उद्देश्यले साबुन र बाल्टिन वितरण गरिएको बताए ।

आर्थिक अवस्था कमजोर भएका बिपन्न वर्ग र समस्यामा परेका स्थानीयलाई सहयोग गरेको कार्यक्रम संयोजक प्रकाश शर्माले बताउनु भयो ।

गाउँपालिकाको वडा नम्बर ४ मा १ सय ८५ जनालाई र ८ नम्बर वडामा १ सय ७७ जनालाई वितरण गरिएको हो ।

शनिबार एक कार्यक्रमका बिच वडा नम्बर ८ अध्यक्ष फिरोज खानले स्थानीयलाई सहयोग सामाग्री प्रदान गर्नु गरेका थिए ।

अध्यक्ष खानले बि–गु्रपको सहयोग वडाका विपन्न जनतालाई सहयोग पुगेको बताए ।

बि–गु््रपले यस अघि खजुरा गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सहयोग गर्ने स्वास्थ्य सामाग्री वितरण गरि सकेको छ ।

वितरण गरिएको स्थानमा छुटफुटलाई पुन वितरण गर्ने योजना रहेको बि–गु््रपले बताए ।

यसअघि बि–गु््रपले वडा कार्यालय र गाउँपालिका कार्यालयलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरि सकेको जनाए ।

कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न सहयोग गर्ने उद्देश्यले अक्सफामको साझेदारीमा संचालन गरेको ‘स्वच्छतालागी व्यवहार परिवर्तन परियोजना’ स्वास्थ्य सामाग्री सहयोग गरिएको कार्यक्रम संयोजक प्रकाश शर्माले बताए ।

बि–गु््रपले यसअघि गाउँपालिका र वडा कार्यालयलाई हात धुनका लागि प्रयोग गरिने १ हजार लिटर क्षमताको स्टीलको ट्यांकी दुइ थान, ह्यान्डवास लिक्वीड १ सय ७८ थान, ३२ इन्चको एक थान टेलिभिजन, पाँच लिटर क्षमताको एक थान अटोमेटिक स्यानिटाइजर मेसिन, ३० लिटरको ६ थान जर्किन स्यानिटाइजर, २ सय लिटरको ४० जर्किन हाइड्रो क्लोराइड र १६ लिटर क्षमताको एक थान हाइड्रो क्लोराइड स्प्रे ट्यांकी लगायतका सामाग्री प्रदान गरेको थियो ।

संयोजक शर्माले कोरोनाबाट बच्नका लागि जनचेतना जगाउने उद्देश्यले विपन्न वर्ग र कोरोना भाइरसको संक्रमणलाई कम गर्न लागि परेको स्थानीय तह, स्वास्थ्यकर्मीलाई सहयोग होस भन्ने लक्ष्यले सहयोग गरिएको बताए ।

स्वच्छतालागी व्यवहार परिवर्तन परियोजना कार्यक्रम खजुरा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ८ मा संचालन भैरहेको बि–गु्रप जनस्वास्थ्य प्रवद्धन अधिकृत दुर्गा पन्थीले संचारकर्मिसंगको फोन बार्ताको क्रममा बताए ।