जनप्रतिनिधी तथा कर्मचारीद्वारा बिउ बितरणमा भ्रष्टाचार

भ्रष्टाचार र अनियमिततामा राजनीतिक संरक्षण हुनु चुनौतीको विषय ः स्थानिय

बर्दिया। लुम्बिनी प्रदेशको बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिकामा किसानलाई निशुल्क उपलब्ध गराउनु पर्ने घासको बिउमा जनप्रतिनिधि र कर्मचारीले नितिगत भ्रष्टाचार गरेका छन ।

वास्तविक किसानलाई भ्रममा पारी दिनको ठिक ११ बजे घासको बीउ वितरण गरिने सुचना दिई पक्षपात गरी १० बजे नै किसान भनिनेहरूलाई वितरण गरेको स्थानियहरुले संचारकर्मि समक्ष गुनासो गरेका छन ।

ठाकुरबाबा नगरपालिकामा घुस लिने–दिने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, सार्वजनिक निर्माण वा खरिदमा अनियमितता गर्ने, झुटा विवरण पेस गर्ने, गलत लिखत वा प्रतिवेदन दिने, कागजात सच्याउने वा नोक्सान गर्ने, गैरकानुनी सम्पत्ति आर्जन गर्ने, राजस्व चुहावट गर्नेजस्ता भ्रष्टाचारका प्रवृत्ति अधिक रहेको स्थानीयहरुले गुनासो गर्दै आएका थिए।

योजना निर्माण देखि कार्यान्वयन तहसम्म पुग्दा कर्मचारी पदाधिकारीको मिलेमतोमा सबैभन्दा बढी भ्रष्टाचार भएको पाइएको जनाए ।

भ्रष्टाचार र अनियमिततामा राजनीतिक संरक्षण हुनु चुनौतीको विषय बन्दै गएको जनाए ।

महामारी रोगका रूपमा फैलिने भ्रष्टाचारको प्रभाव निजी स्वामित्व, अराजक समाज,वर्गीय समाज, अविकसित र कमजोर समाज रहि रहेसम्म वा सभ्य समाजको निर्माण नभए सम्म रहिरहने एक स्थानियले समाचारदातासंगको फोनबार्ताको क्रममा बताए ।

नेपालमा पछिल्लो समय भ्रष्टाचारको प्रवृत्ति माथिल्लो तहका राजनीतिक वा प्रशासनिक नेतृत्व लगायत तल्लो तहका राजनीतिक कार्यकर्ता, कर्मचारीसम्म भएको पाइएको बताए ।