बुढानिलकण्ठबाट तास खेलिरहेका पाँच पक्राउ

प्रहरी अनुसन्धान जारी

काठमाडौं । काठमाडौंमा तास खेलिरहेको अवस्थामा ५ जनालाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ३ निलोपुल बस्ने दिलमाया थापाको घरमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका थिए ।

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले नगद १ लाख ४३ हजार ४ सय ५० रुपैयाँ र तास सहित उनीहरुलाई पक्राउ गरेको बुझिएको छ ।

सम्बन्धित विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।