बाँकेमा ७० जना कोरोना संक्रमित आज भए डिष्चार्ज

कूल संख्या २ हजार १ सय ९ पुग्यो

बाँके । कोरोना महामारी बढीरहेको बेला बाँकेका विभिन्न अस्पतालबाट सोमबार ७० जना संक्रमित डिष्चार्ज भएका छन् ।

विभिन्न आइसोलेसनबाट ७० जना निको भइ डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

डिष्चार्ज हुनेमा ३९ जना पुरुष र ३१ जना महिला रहेका छन् । हाल बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार १ सय ९ पुगेको छ ।