शरदीय नवरात्रको रमझम नगर देखी गाऊँगाऊँसम्म

भक्तजनहरुको सुरक्षणकालागि सुरक्षाका कडा व्यवस्था

बाँके । नेपालगन्जको सुप्रसिद्ध शक्तिपीठका रुपमा रहेको माता बागेश्वरी मंदिर रहेको यस नगरक्षेत्र लगायत गाउँगाउँमा शारदीय नवरात्रको रमझम शुरु भएको छ ।

बाँके जिल्लामा शारदीय नवरात्रको रमझम शनिबारबाट शुभारम्भ भएको हो ।

माता बागेश्वरीको पावन दर्शनकालागि बिहानैदेखि श्रद्धालु लामबद्ध बस्न शुरू गरेका थिए ।

यस अवसरमा बाँके, नेपालगन्ज क्षेत्रमा अवस्थित माता बागेश्वरीको मंदिर क्षेत्र जयकाराले गुञ्जायमान भएको थियो ।

श्रद्धालुहरुको आस्थाको केन्द्रका रुपमा रहेको माता दुर्गाको विभिन्न पण्डाल शारदीय नवरात्रको लागि नगरका बिभिन्न क्षेत्रहरुमा विशेष रूपले रंगबिरंगी फूलहरुले बिजुलीबत्तीले सजाइएका छन ।

घटस्थापनाको दिन विभिन्न स्थानहरुबाट बागेश्वरी मन्दिर पुगेका श्रद्धालुहरुको भारी भीड देखियो थियो भने श्रद्धालुहरुको सुरक्षाकालागि बागेश्वरी मन्दिर क्षेत्रमा सुरक्षाको कडा सुरक्षाको व्यवस्था गरिएको थियो ।

घटस्थापनाको दिन देखि विजयादश्मी वा मुर्ति विसर्जनसम्म लाखौं श्रद्धालू सहभागी हुने गर्दछन ।

नवरात्रको समयमा मन्दिर परिसर क्षेत्रमा वा बाँके जिल्ला भरि सुरक्षा व्यवस्था चुस्त दुरुस्त गरिएको तथा आवश्यकता अनुसार प्रहरी परिचालन गरिने तथा सुरक्षासँग सम्बन्धित सम्पूर्ण व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयको पूर्ण निगरानीमा रहेको एक भक्त जनले समाचादातासंगको प्रत्यक्ष कुराकानीको क्रममा बताए ।