ब्राउन सुगर सहित दुई पक्राउ

बाँके । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुईजना पक्राउ परेका छन् ।

नेपालगञ्ज १८ का प्रदिप खटिक र नेपालगञ्ज १६ जयसपुरकी २१ वर्षीया निशा खान लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

खटिकलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ उदयपुरबाट ४ ग्राम लागुऔषध ब्राउन सुगर र जयसपुरका बिलेदार खानकी २१ बर्षीया छोरी निशालाई भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा १४ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाए ।

सादा पोशाकमा रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक बम बहादुर रावलको नेतृत्वमा खटिएको टोली र लागुऔषध नियन्त्रण व्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारीसहितको संयुक्त प्रहरी टोलीले खटिकलाई पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।

यस्तै सिमा प्रहरी चौकी जयसपुरका प्रहरी नायव निरीक्षक मिन बहादुर बिष्ट नेतृत्वको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ वडा कार्यालय चोकबाट निशालाई पक्राउ परेका हुन भने पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भई रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।