माओवादी केन्द्रका महासचिव बुढाथोकीको घर–परिवार शोकमाः सुदूरपश्चिम प्रदेश पार्टीद्धारा श्रद्धाञ्जली अर्पण

प्रादेशीक अस्पताल सुर्खेतमा उपचारको क्रममा दिदीको निधन

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीको घर–परिवार शोकमा परेको छ ।

कर्णाली प्रदेशको हुम्लाबाट पूर्व संसद समेत रहेका माओवादी केन्द्रका महासचिव बुढाथोकीको ४७ बर्षिया दिदी कौशिला रोकायाको हिजो कर्णाली प्रादेशिक अस्पतालमा निधन भएको हो ।

महासचिव बुढाथोकीको घर–परिवारजनमा शोकमा परेको प्रति दुख जनाउँदै नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश समितिले आज शोक वक्तब्य समेत जारी गरेको छ ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश ईन्चाज समेत रहेका पार्टी उपाध्यक्ष रंगनाथ ढकाल र प्रदेश संयोजक लोकेशले संयुक्त हस्ताक्षरमा जारी गरिएको उक्त वक्तब्यमा मृतक प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

शोकाकुल परिवारजनको दुखलाई शक्तिमा बदल्दै निरन्तर देश र जनताको अधिकार प्राप्तीको लागी पार्टी आन्दोलनमा सहयोग प्राप्त हुने विश्वास गर्दै माओवादी केन्द्रले शोकाकुल परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।

उक्त शोक वक्तब्यमा मृतक कौशिलाले माओवादी आन्दोलनका विभिन्न कार्यक्रमहरुमा सदस्यको भूमिकाबाट साथ, सहयोग पुर्याउँदै आएको समेत जनाइएको छ । मृतक हुम्लाको सर्केघाट गाउँपालिका ८, बराईको स्थायीवासि हुनुहुन्थ्यो ।

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति
शोक–वक्तव्य

मितिः २०७७ आश्विन २५ गते ।

हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीको घर परिवार दुखमा परेको खबर प्राप्त भएको छ । क. महासचिव को ४७ बर्षिय दिदी, काैिशला रोकायाको हिजो कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा असामयिक निधन भएको घटनाप्रति हाम्रो प्रदेश पार्टी गहिरो दुख ब्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनहरुमा गहिरो समवेदना प्रकट गर्दछ ।

उहाँले लामो समयदेखि छातिको समस्या भोग्दै आउनु भएको थियो । केही समयदेखि प्रादेशिक अस्पताल सुर्खेतमा उहाँको उपचार भैरहेको र त्यहि प्रकृयामा निधन हुन पुगेको पारिवारीक श्रोतबाट बुझिएको छ । मृतक हुम्लाको सर्केघाट गाउँपालिका ८, बराईको स्थानिय हुनुहुन्थ्यो । हाम्रो पार्टीको योजनामा विगतमा भएका विभिन्न कार्यक्रमहरुमा सदस्यको भूमिकामा रहेर उहाँले देश र सामाजिक व्यवस्था रुपमान्तरणको लागि महत्वपूर्ण सहयोग समेत पुर्याउदै आउनुभएको थियो ।
अभिवादन सहित !!

क. रंगनाथ ढकाल                                                                                               क. लोकेश
उपाध्यक्ष तथा प्रदेश इन्चार्ज                                                                              प्रदेश संयोजक