माक्स्रवाद समग्र मानवजातिको न्याय र मुक्ति विज्ञान होः यसले बुद्ध दर्शनलाई अस्विकार गर्छ ! यि हुन त्यसका कारणहरु..

बिपश्याना माक्र्सवाद विपरितः आत्मकेन्द्रीत र आध्यात्मवाद परस्त

विनोद कुमार उपाध्याय

मार्क्सवाद र बुद्ध दर्शन एक अर्काको बिरोधी कि एक अर्काको सहायक यो विषयमा केही छलफल गरौं। मार्क्सवादले भित्री र बाहिरी मन एक अर्काको पुरक भन्छ तर बुद्ध दर्शनले बाहिरी मनको अस्तित्व अस्वीकार गरि भित्री मनमा मात्रै घोतिल्ने, ध्यान, तपस्याको कुरामा जोड दिएको छ । बुद्धको जीवन व्यवहारलाई हेर्दा उहाँ भौतिकवादी भएपनि माक्स्रवादले द्धन्द्धात्मक भौतिकवादको व्यख्या गर्ने भएकाले बुद्ध दर्शन माक्स्रवाद सम्मत छैन, होइन । केही हदसम्म बुद्ध प्रगतिशिल र भौतिकवादी देखिएपनि सारमा उहाँ कम्युनिष्ट आचरण र मालेमावादी नभएको विभिन्न तथ्यहरुले प्रमाणीत गर्दछ । यो विषयमा निम्न विषयहरुद्धारा थप प्रष्ट पार्न सकिन्छ । सामान्य चर्चा गरौं ।

१. मार्क्सले कम्युनको धारणामा उत्पीडित वर्ग, समूदायलाई केन्द्र बनाउनुभयो तर बुद्धले सम्राट अशोक र बिम्बसारसंग मितेरी लगाए, उत्पिडित वर्ग समुदायलाई कम्युन वा संघमा नराखेर उर्दी जारी गर्नुभयो।

२. मार्क्सले सामाजिक ब्यवहार नै ज्ञानको श्रोत मान्नुभएको छ भने बुद्धले बिपश्याना नै ज्ञानको श्रोत हो भन्नुभएको छ, यो मनोगत र आध्यात्मवाद केन्द्रीत छ।

३. मार्क्सले संघर्ष निक्षेप मान्दै साम्यवादमा मानव हितमा प्रकृतिसंगको संघर्ष मुख्य भन्नुभएको छ, भने बुद्धले एकमात्र शान्तिलाई निक्षेप मान्दै दुखको कारण र निवारणबारे व्यख्या गर्नुभएको छ।

४. बुद्धले भावनामा बगेर दुखको अन्तको लागी राज्य त्यागनुभयो भने मार्क्सले वस्तुको यथार्थमा उभिएर मानव मुक्तिको हेतुले घर त्यागनुभयो र आम मानवजातिको न्याय र मुक्तिको लागि योगदान गर्नुभयो ।

५. हरेक भौतिकवादी कम्युनिष्ट हुंदैन तर हरेक द्वन्दात्मक भौतिकवादी मात्र कम्युनिष्ट हुन्छन। बुद्ध भौतिकवादी हुन तर द्वन्दात्मक भौतिकवादी होइनन।

६. मार्क्सवादको विकाश अनिवार्य छ, यसलाई लेनिन र माओले विकाश गरेकै कारण अहिले माओवादी हुंदैन । माक्स्रवादी र लेनिनवादी र माओवादी हुनु माक्र्सवादको विकास हो । मालेमावाद श्रर्वहारावर्गको मुक्ति र क्रान्तिको हतियार पनि हो । यसले बल प्रयोगको सिद्धान्त मान्छ तर बुद्ध दर्शनले बल प्रयोगको सिद्धान्तलाइ अस्वीकार्य गर्छ।

७. वास्तविक कुरा धर्म वा आध्यात्मवाद र द्धन्द्धात्म भौतिकवादबिचको अन्तर हो । संसारमा देखिएका अन्य धर्मको तुलनामा बुद्ध दर्शनलाई केह िप्रगतिशील भन्नुनै पर्दछ। तर माक्स्रले धर्मलाई समाजको अफिम वा नशाको रुपमा बताउनुभएको छ । यो न्याय र समानताको विपरित दासत्वकरणको दिशातिर, सामाजिक परिवर्तनको बिपरित छ ।

पछिल्लो समय माक्स्रवादको संघठक अंगको रुपमा बुद्ध दर्शनको विषयलाई वहस गर्ने कुचेष्टा हुदैंआएको सन्दर्भमा यसबारे आफुलाई लागेका र बुझेका विषयहरु लेखिएको छ । यो मेरो नितान्त व्यक्तिगत धारणा हो । त्यस्तै हाम्रो महान तथा गौरवशाल िपार्टी नेकपा (माओवादी केन्द्र) ले पनि यो प्रस्तावलाई अस्विकार गरिसकेको विषय हो ।

हाम्रो पार्टी (माओबावादी केन्द्र) का महासचिवले यो विषयमा विज्ञप्ती निकालेर पार्टीको आधिकारीक धारणा सार्वजनिक गरिसक्नु भएको छ । पार्टी संगठनमा नेताहरुको विचार पनि सामुहिकताको मातहतमा नीतित्व हुनुपर्छ । नेतृत्वले सामुहिकता र संस्थागत प्रतिनिधित्व गरिरहेको हुन्छ । तर कतिपय नीजि विचार राख्न पाउने मान्यतालाइ पनि हामीले छलफल गरिरहेका छौं । केही पुँजिवादीहरुले भन्दै आएका छन कि कम्युनिष्टहरुले मानिसको नीजि सोच, भावना, सम्वेदना, स्वायत्तालाई कुण्ठित बनाउँछ, तर हाम्रो महान तथा गौरवशाली पार्टीले पुँजिवादीहरुको यो विचारलाई निस्तेज पारि दिएको छ।

(लेखक उपाध्याय माओवादी केन्द्रका सचिव तथा पूर्व संसद समेत हुनुहुन्छ । उहाँले सामाजिक व्यवस्था रुपमान्तरण र कम्युनिष्ट सिद्धान्तका विविध पक्षमा कलम चलाउदै आउँनुभएको छ ।)