एकैपटक पाँच बच्चा जन्मिएः दम्पतिको अनुहारमा चमक ! दिए आफुहरु भाग्यमानी भएको प्रतिकृया

छोराको गर्भमै मृत्युः महिलाको स्वास्थ्य सामान्यतिर

काठमाडौं । एक दम्पतिले सोमबार काठमाण्डूको प्रसूति गृह अस्पतालमा एकैपटक पाँच बच्चा जन्माए । यो दुर्लभ घटनाबाट आफूहरूलाई भाग्यमानी ठानेको र निकै खुसी लागेको उनीहरु बताउँछन ।

नुवाकोटकी स्थायी बासिन्दा सोमिका तामाङ्ले शल्यक्रियामार्फत चार छोरी र एक छोरालाई जन्म दिएकी थिइन्। तर छोराको भने गर्भमा नै मृत्यु भैसकेको चिकित्सकहरूले बताएका थिए।

छोरीभन्दा छोरा रोज्ने चलन नेपालमा अझै बाँकी रहेपनि ती बच्चाहरूका बाबु हरिकुमार तामाङले भने, एक छोराको गर्भमै मृत्यु भए पनि मेरा ४ छोरीहरू भएर मलाई एकदम खुसी लागेको छ। म आफूलाई भाग्यमानी सम्झिन्छु।

बच्चाहरूकी आमा सोमिका तामाङ्ले आफूसँग कुरा गर्दै ुशल्यक्रियाभन्दा अगाडि आफू बाँच्दैन होला भनेर रूने गरेको तर सफल शल्यक्रियापछि भने भाग्यले बाँचेको र एकैपटक यत्ति धेरै छोरीको आमा बन्न पाउँदा अति खुसी लागेको बताएको हरिकुमार तामाङ्ले जानकारी दिएका छन्।

उनी उज्यालो अनुहार लगाएर मुस्काइरहेकी छन्, हरिकुमार भन्छन् । उनले बच्चाहरूकी आमाको स्वास्थ्य राम्रो रहेको बताए। आमा सोमिका तामाङ् चिकित्सकको सल्लाहमा पूर्ण आराम गरिरहेको र अरूको सहारा लिएर हिंडडुल गर्न सक्ने अवस्थामा रहेको उनले बताए। बीबीसीबाट