अस्पतालका कर्मचारी सहित २९ जनामा कोरोना पुष्टि

बिभिन्न आईशोलेसन सेन्टरबाट १४ जना डिस्चार्ज

बाँके । भेरी अस्पताल नेपालगन्जमा गरिएको गत २४ घन्टाको परीक्षणमा मंगलवार २९ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना पुष्टि भएका २९ जनामा १३ जना बाँकेका तथा १६ जना बर्दियाका रहेका छन ।

भेरी अस्पतालले २ सय जनाको परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको बताए ।

बाँकेका भेरी अस्पतालका कर्मचारी सहित १३ जना छन भने बाँकी बर्दियाका बाराबर्दिया,गुलरिया,बढैैयाताल र राजापुर नगरपालिकाका रहेका छन ।

यसैगरी बाँकेमा मंगलवार नेै थप १४ जना कोरोना संक्रमितबाट निको भई डिष्चार्ज भएका छन् ।

मंगलवार डिस्चार्ज हुनेहरुमा उच्चअदालतका एक कर्मचारी सहित १४ जना नेपालगन्जका हुन यीनीहरुलाई भदौ २३ गते कोरोना पुष्टि भएपछि आइशोलेसन सेन्टरहरुमा राखिएको थियो ।

बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार २ सय ६४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाए ।

अब आइसोलेसनमा ३ सय ९२ जना उपचाररत रहेका छन् बाँकेमा हालसम्म १ हजार ६ सय ६२ जनामा कोरोना पुष्टि हुँदा ११ जनाको भने मृत्युु भइ सकेको श्रेष्ठले समाचारदातासंग फोनबार्ताको क्रममा बताए ।