असोज मसान्त सम्म सीमानाका तथा सैलुन बन्द रहने निर्णय

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले सीमा नाका,व्यूटीपार्लर सैलुन,पसललाई कडाईका साथ बन्द गर्ने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकमा उक्त कुरा उठेको हो । सरकारले सीमानाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकमा उक्त कुरा उठेको हो सरकारले सीमानाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

केहीले सीमानाका खोल्नु पर्ने मांग गरिरहेको बेलामा सुरक्षा समितिको बैठकमा कडाई गर्ने बारेमा छलफल गरेको हो ।

सुरक्षा समितिको सो छलफलले कपाल काटने सैलुन र व्युटीपार्लरलाई बन्द गरिने भएको छ अहिले सवै खुल्ला छन र सैलुन र व्यटीपार्लरमा ग्राहकसंग ििसधै सम्र्पक हुने भएकाले कोरोनाको जोखिम मानेर सरकारले यसलाई बन्द गर्ने रणनीति अपनाएको हो ।

जिल्ला प्रशासन कार्यालय,बाँकेका प्रवक्ता दिर्धराज उपाध्यायले सरकारले निर्णय गरेका कुरालाई कडाईका साथ जाने बिषयमा छलफल बताउदै उहांले भन्नुभयो असोज मसान्तसम्म सीमानाका बन्द गर्ने कुरा छ । व्यूटी पार्लर र सैलुन पसल बन्द गर्ने निर्णयलाई कडाईका साथ कार्यान्वन गर्ने कुरा भएको छ ।