मोरङमा आगलागीका कारण लाखौंको रुपैयाँ बराबरको धनमाल नष्ट

आवश्यक अनुसन्धान हुँदै

मोरङ । मोरङमा विद्युत सर्ट भई शनिबार एक व्यक्तिको घरमा आगलागी भएको छ ।

मोरङको लेटाङ्ग नगरपालिका ९ जाँते फेसबुक चोक बस्ने २९ वर्षीय दिनेश राईको घरमा शनिबार बिहान विद्युत सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, कागजपत्र, सुनचाँदी, भाँडावर्तन समेत गरी करिब ५० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।