बाँकेमा ९ जनामा कोरोना पुष्टि, ४१जना निको भई फर्के घर

पुरैनीका ५९ बर्षिय पुरुषको मृत्यू, मृत्यू हुनेको संख्या पुग्यो १०

बाँके । अइतवार भरी अस्पताल तथा कोहलपुर मेडिकल कलेजकोलपुरमा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा आइतवार गरिएको परीक्षणमा ८ जना र मेडिकल कलेज कोहलपुरको परीक्षणमा १ गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच बाँकेबाट आइतवार ४१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

जिल्लाको विभिन्न आइसोलेशनमा बसेका उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका हुन् ।

भदौं २१ गते भर्ना भएका ८ महिला ३३ पुरुष गरी ४१ जना आइतवार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९९ पुगेको छ भने हालसम्म १ हजार २ सय ४४ जना निको भई आ–आफ्ना घर फर्कि सकेका छन भने बिभिन्न आइसोलेसनमा बसी उपचार गराउनेको संख्या ३ सय ३६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यसैवीच बाँकेमा कोरोना भाइरसबाट संक्रमण भई उपचाररत रहेका एकको मृत्यू भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनीका ५९ बर्षीय पुरुषको शनिवार राति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।

मृतकको दुवै फोक्सोमा निमोनिया भएका कारण ती पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार गरेर रेम्डीसिभिर चलाउँदा समेत स्वास्थ्य अवस्था विग्रँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दैको अवस्थामा उहांको मृत्यू भएको थियो । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।