बाँके र बर्दियामा गरी ४२ जनामा कोरोना पुष्टि

नेपालगन्जको बडा नं.९ र १० मा बढि कारोना संक्रमित फेला

बाँके । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा मंगलवार बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका २ सय स्वाबको नमूनामध्ये बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले बताए ।

ठूलो संख्यामा कारोना पुष्टि हुंदा प्रहरी,वडा.नं. ९ र १० का धेरै रहेको अस्पतालको परिक्षण रिपोर्टबाट खुल्न आएको हो ।

सरकारले लक्षण चिन्ह देखिएकालाई मात्रै पीसीआर जाँच गर्ने नया रणनीति ल्याएकाले अबका दिनमा भने ठूलो संख्यामा कोरोनाका संक्रमित व्यक्ति देखिने सम्भवना कम रहेको अस्पताल श्रोतबाट जानकारी हुन आएको हो ।

यसैबीच बाँकेमा मंगलवार नै ४२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् ।

यसरी बिभिन्न प्रकारका आइसोलेशनबाट डिस्चार्ज हुनेमा कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट १३ जना, मेडिकल कलेज कोहलपुर आइसोलेसनबाट ८ जना, भेरी अस्पतालबाट ८ जना, होटल सिटी प्यालेसबाट ६ जना, खुल्ला कारागार आइसोलेसनबाट ३ जना तथा होटल इन्द्रेणी, आदर्शनगर आइसोलेसन, डुडुवा आइसोलेसन र आन्तरिक राजश्व कार्यालयबाट १ र १ जना डिष्चार्ज भै आ–आफ्ना घर फर्किएका बाँकेका फोकल पर्सन श्रेष्ठले संचारकर्मिसंग फोन बर्ताको क्रममा बताए ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।