नेपालगन्ज उद्योग बाणिज्य संघद्वारा हेल्पडेस्कको स्थापना

बिभिन्न प्रकारका सेवाहरु अव संघबाट दिइने ः आशा ढकाल

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय नेपालगन्जको समन्वयमा व्यवसायिक कर सेवा तथा परामर्श केन्द्र मंगलबार देखि सञ्चालन गरिएको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उक्त सेवा केन्द्रको मंगलवार रिवन काटेर उद्घाटन गरेका हुन ।

सेवा केन्द्रबाट नयाँ व्यवसायी एवं करदाताहरुकालागि बार्षिक बिस लाखसम्म ब्यावसायी कारोबार गर्ने डे वान फारम भर्ने, कर चुक्ता प्रमाण पत्र, प्यान नम्बर लिनकोलागि अनलाइन फारम भर्ने जस्ता सेवाहरु अब देखि संघबाट नै व्यापारीहरुलाई प्रदान गरिने आशा ढकालले बताइन ।

व्यापारी वर्गहरुलाई सहजता तथा छिटोछरितो काम सम्पन्न होस् भन्ने उदेश्यले पहिलो पटक उक्त सेवा नेपालगन्ज उद्योग वाणिज्य संघबाट सञ्चालन गरिएको भन्दै अध्यक्ष मन्सुरीले बढि भन्दा बढि सेवाग्राहीलाई लाभ उठाउन अनुरोध गरेका छन् ।

यसअघि यस प्रकारका सेवा लिनका लागि सेवाग्राहीलाई समस्या हुने भए पनि अब भने छिटो र छरितो हुने गरी काम हुने महासचिव चिरञ्जीवी ओलीले जनाउदै उक्त सेवा सञ्चालनका लागि संघले कर्मचारी आशा ढकाललाई डेस्कमा राखिएको बताए ।

पहिलो दिन सेवा लिन आएका सेवाग्राहीलाई संघले सम्मान एवं स्वागत गरेको छ । कोभिड–१९ को महामारीका बेला सामाजिक दुरी समेत कायम गरी गरिने सेवा प्रवाहबाट व्यवसायीहरु खुसी हुने अपेक्षा गरिएको छ ।

करदाता सेवा केन्द्र उद्घाटन कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्त टंक बहादुर धामी लगायत कार्यसमिति सदस्य एंव कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन महासचिव ओलीले गरेका थिए ।