झापाको सिमेन्ट कारखानामा आगलागी हुँदा करोडौंको धनमाल नष्ट

आवश्यक अनुसन्धान हुँदै

झापा । झापाको हल्दिबारीमा एक सिमेन्ट कारखानामा आगलागीका कारण करोडौंको धनमाल जलेर नष्ट भएको छ ।

हल्दिबारी नगरपालिका ३ ऐनाबारीस्थित कोवेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा चट्याङ परी मंगलबार बिहान आगलागी हुँदा करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।