बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा १ पक्राउ

थप अनुसन्धान जारी

कास्की । कास्कीमा बालिकालाई यौन दुव्र्यहार अभियोगमा प्रहरीले एक मानिसलाई सोमबार पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका ७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई १० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा सोमबार दिउँसो पक्राउ गरेको थियो ।

बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरीले समातेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।