बाँकेमा रेडपाण्डाको छालासहित ४ पक्राउ

नियन्त्रणमा लिई अनुसनधान जारी

बाँके । बाँकेमा रेडपाण्डाको छालासहित आइतबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको बैजनाथ गाउँपालिका १ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट १ थान रेडपाण्डाको छालासहित सुर्खेत भेरी गंगा नगरपालिका १२ छिन्चु बस्ने ३६ वर्षीय देव बहादुर बाठा लगायत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उक्त रेष्टुरेण्टमा अवैध रुपमा जंगली जनावरको छाला ल्याई लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरीले उक्त छालासहित उनीहरूलाई फेला पारेको थियो ।

उनीहरूले प्रयोग दुईवटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छन् ।