जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

थप अनुसन्धान जारी

सिरहा । सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका ३ बस्ने ४५ वर्षीय रामचन्द्र सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

सदालाई ती बालिकालाई बिहीबार जबरजस्ती करणी गर्न खोजेको र त्यसको १० दिन अगाडि पनि बाख्राको गोठमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।