पत्याउन गाह्रो तर सत्यः एक जनाले एकै दिन गरे तीन बालिका बलात्कार

जबरजस्ती करणीसम्बन्धी कसुरमा कारबाही माग

लमजुङ । पछिल्लो सयम बलात्कारका घटनाहरु बढिरहेको देखिन्छ । लम्जुङमा एकै दिन एकै जनाले तीनजना बालिका बलात्कार गरेको फेला परेको छ ।

पत्याउन गाह्रो भएपनि प्रहरीले लम्जुङका एक जनालाई त्यस अभियोगमा पक्राउ गरि अदालत पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको क्होलासोँथार गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङ पक्राउ परेका हुन ।

गुरुङले फरक फरक समयमा विभिन्न तीन जना बालिकालाई बलात्कार गरेको पीडित परिवारले आरोप लगाउँदै प्रहरीका उजुरी दिएको बुझिएको छ ।

प्रहरीका अनुसार उनले भदौ ५ गते स्थानीय ११ वर्षीया दुई बालिका र नौ वर्षीया एक बालिकालाई बलात्कार गरेको उजुरी परेको छ ।

पीडित परिवारले गरेको उजुरीमा बलात्कारको आरोप लागेको गुरुङले बालिकाहरुलाई गाउँ नजिक रहेको कोही नबस्ने खाली घरमा लगेर ललाइफकाइ बलात्कार गर्ने गरेको उल्लेख गर्दै कारबाहीको माग गरिएको छ ।

प्रहरीले उक्त उजुरी परेपछि तत्काल उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले गुरुङलाई जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धानको लागि जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेको छ ।