आफन्त नेपालद्वारा महिलाको नेतृत्व बिकासका लागि कविता वाचन सम्पन्न

सरोकारवाला निकायहरुको सहभागिता

कपिलवस्तु । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औ राष्ट्रिय दिवसको अवसरमा विगत लामो समयदेखि मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको आफन्त नेपाल नामक संस्थाले कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

मानब बेचबिखन विरुद्ध विभिन्न गतिविधि गर्दै समय समयमा उद्धार तथा संरक्षणमूखि कार्यक्रमहरु चलाउँदै आएको उक्त संस्थाले भिडियो अनलाईन मार्फत उक्त कविता वाचन गरेको हो । संस्थाले महिलाको नेतृत्व बिकासका लागि कविता वाचन कार्यक्रम गरेको जनाएको छ।

कार्यक्रममा बिभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा ग्रह्र सरकारी निकायका प्रतिनिधिहरुको आतिथ्यता र कविहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद कल्पना नेपाली, महिला तथा बालबालिका मन्त्रालको मानव बेचबिखन नियन्त्रण शाखाका प्रमुख गोमा पौडेल, मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एस.एस.पी डा. देब बहादुर बोहरा, राष्ट्रिय मानव अधिकार आयोगबाट यशोदा बन्जाडे, सुनिता फाउन्डेसनका अध्यक्ष सुनिता दनुवार, पि.पी आर नेपालका निर्देशक तथा अधिवक्ता सतिष कुमार शर्मा, आदर्श गृह चितवनका प्रमुख मिना खरेल, मन्जुश्री असहाय केन्द्रका प्रमुख मन्जु खाण, चेली नेपालका प्रिस्का पाण्डे लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा नेपाल प्रहरीका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए भने मानव बेचबिखन नियन्त्रणको परिकल्पना गर्दै आफ्न्त नेपालका संस्थापक रमेश सापकोटाले छोरीको नेतृत्व देख्दा आफुलाई अत्यन्त खुसी र संस्थाको परिकल्पना साकार हुने दिशातिर अगाडि बढेको अनुभुति भएको बताए ।

कार्यक्रममा आफन्त नेपालका विभिन्न साहित्य तथा कविता प्रेमिहरुले कविता वाचन गरेका थिए । उनीहरुको नेतृत्व विकासको अवस्था समेत राम्रो देखिएको अन्य सहभागिहरुले शुभकामना मन्तव्यको क्रममा बताएका थिए ।

कार्यक्रममा विभिन्न जिल्लाहरुबाट २४ जना सहभागी रहेका थिए । कार्यक्रमको विषयमा आफन्त नेपाल कपिलवस्तुका प्रमुख केशर विश्वकर्माले जानकारी दिएका छन ।