‘देशको भूगोल बेचेर खाने शासकगर्वहरु कुन तहका राष्ट्रवादी हुन ? के ति माफियोग्य छन ?’-पत्रकार जैसीको प्रश्न

राष्ट्रघात र देशद्रोहीबारे छलफल एवं विगत र वर्तमान अवस्थाको समिक्षा गर्न माग

काठमाडौं । प्रधानमन्त्री ओलीको केक काण्ड र ग्याल्जेन दोर्जे तामाङको झण्डा विद्रोहको घटना पछिल्लो समय चर्चाआएको आएको बेला प्रेस सेन्टर नेपालका अध्यक्ष समेत रहेका सामाजिक रुपान्तरणका अभियन्ता लोकराज जैसीले को राष्ट्रघाती र देशद्रोही भन्ने विषयमा गम्भीर वहस गरेर त्यस्ता प्रवृति रोक्नुपर्ने बताएका छन ।

आफ्नो फेसबुकमा हिजो दिउँस ‘राष्ट्रघात र देशद्रोहीको परिभाषा के हो ? विगत र वर्तमानको समिक्षा गरौं !’ भन्ने शिर्षकमा एक स्टाटस लेख्दै शासक वर्गले गर्दै आएको देशद्रोही र राष्ट्रघाती कदमबारे समिक्षा सहित कारबाही गर्नुपर्ने उनले बताएका हुन ।

उनले झण्डा बिद्रोह भन्दै भिडियोमा नेपालको झण्डा जलाउने ग्याल्जेन दोर्जे तामाङको समूहलाई जेलमा भेटेपछि त्यस्तो स्ट्याटस लेखेको बुझिएको छ । नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो समेत रहेका पत्रकार जैसीले भनेका छन–‘वास्तवमा देश देशद्रो को हो ? राष्ट्रघाती को हो ? राष्ट्रघाती शासकवर्ग, राष्ट्रघाती सन्धीसम्झौताको इतिहासदेखि ओलीको नक्सावाला केक काण्ड र ग्याल्जेन दोर्जेको झण्डा विद्रोहसम्म पुग्दा राष्ट्रघात कसरी बढ्यो ? समिक्षा गम्भीर समिक्षा आवश्यक छ ।’

राष्ट्रघात र देशद्रोहीको विषयमा विभिन्न तीन बुँदामा आफ्नो धारणा राख्दै उनले भनेका छन–‘मेरो नजरमा देशको भूमि बेच्ने, राष्ट्रघाती सन्धी–सम्झौता गर्ने, देशलाई बन्धक बनाउने, नेपाल आमाको स्वाभिमान लिलाम गर्ने, सत्ताँको आँडमा जनतामाथि बर्बर आतंक सिर्जना गर्ने, परिवर्तनको नियमलाई अस्विकार गर्ने र आफैले बनाएको कानुनको खिलाफमा गतिविधि गर्ने यो देशका शासकवर्गहरु नै एक नम्बरका राष्ट्रघाती र देशद्रोही हुन ।’

उनले राष्ट्रियताको विषयमा प्रश्न चिन्ह गर्दै अगाडी भनेका छन–‘खै हाम्रो विशाल नेपाल ? पुर्वमा टिष्टादेखि पश्चिम किल्ला काँगडासम्म फैलिएको करिब ३ लाख ६८ हजार वर्ग किमि भन्दा फराकिलो नेपाली भूमि बेचेर खानेहरु कुन दर्जाका राष्ट्रवादी हुन ? जीवनकालभर सीमा क्षेत्रमा छिमेकी देशको राष्ट्रियतामाथिको हमलाका विरुद्ध प्रतिकार गर्ने तराईवासी कसरी राष्ट्रघाती ? मन मुटुमा नेपालको माया राख्ने र त्यसको रक्षाका लागि मृत्यु स्विकारर्नेहरु कसरी राष्ट्रघाती ? यो विषयमा गम्भीर समिक्षा गरौं र देशद्रोही, राष्ट्रघातीलाई कडा सजाय दिलाऔं ।’

उनले स्टाटसमा लेखेका छन, ‘जनन्यायीक व्यवस्थको लागि गरिएको महान जनयुद्ध र जनताको परिवर्तनको सपनालाई एकाध सत्ताँलिप्सावादीहरुले भताभुङ्ग पारे, देश र जनताको पक्षमा बोल्नेहरु बन्धक बनाइए र शान्तिप्रकृयाको नाममा पुर्न अर्को राष्ट्रघात, जनघात र जनतामाथि धोका, गद्दारीको इतिहासलाई निरन्तरता दिने काम गरियो । माओवादी शक्तिले देशको मुहार फेर्ने, राज्यको पुर्नसंरचना गर्ने र आम नेपाली राष्ट्रियतालाई समेट्नेगरी कानुन बनाउने कुरा कार्यान्वयन गर्न सकेन ।’

उनले राज्यको पुर्नसंरचनाको वहस चल्दै गर्दा राष्ट्रिय चिन्हबारे समेत छलफल भएको भन्दै अगाडी भनेका छन–‘त्यतिबेला पनि कुरा उठेको थियो त, राष्ट्रिय चिन्ह, प्रतिकहरुलाई समयानुकुल व्याख्या र परिवर्तन गर्ने बारेको वहस । त्यो वहस गर्नेहरु अहिले किन त्यो हाम्रो विषय थिएन भनेझै चुप्प लागेका छन ?’

ग्याल्जेन दोर्जेले झण्डा जलाएको विषय कानुनी र राज्यको प्रशासनिक रुपमा अपराध भएको भएपनि राजनीतिक रुपमा त्यो माओवादी आन्दोलनले उठान गरेको वर्ग संघर्षको मुद्दा भएको भन्दै उनले मुलुकको कानुनले ओलीको केक काण्डलाई समेत अपराध नै मान्ने तर्क गरेका छन । बाँकी उनको स्टाटसको पूर्णपाठ यस्तो छ…..

राष्ट्रघात र देशद्रोहीको परिभाषा के हो ? विगत र वर्तमानको समिक्षा गरौं !
(राष्ट्रघाती शासकवर्ग, राष्ट्रघाती सन्धीसम्झौताको इतिहासदेखि ओलीको नक्सावाला केक काण्ड र ग्याल्जेन दोर्जेको झण्डा विद्रोहसम्म पुग्दा राष्ट्रघात कसरी बढ्यो ? समिक्षा गरौ) !!

आज ग्याल्जेनको समूहलाई जेलमा भेट गरियो, कुराकानीपछि केही लेख्न आवश्यक ठानें र लेखें ।
(१) मेरो नजरमा देशको भूमि बेच्ने, राष्ट्रघाती सन्धी–सम्झौता गर्ने, देशलाई बन्धक बनाउने, नेपाल आमाको स्वाभिमान लिलाम गर्ने, सत्ताँको आँडमा जनतामाथि बर्बर आतंक सिर्जना गर्ने, परिवर्तनको नियमलाई अस्विकार गर्ने र आफैले बनाएको कानुनको खिलाफमा गतिविधि गर्ने यो देशका शासकवर्गहरु नै एक नम्बरका राष्ट्रघाती र देशद्रोही हुन । खै हाम्रो विशाल नेपाल ? पुर्वमा टिष्टादेखि पश्चिम किल्ला काँगडासम्म फैलिएको करिब ३ लाख ६८ हजार वर्ग किमि भन्दा फराकिलो नेपाली भूमि बेचेर खानेहरु कुन दर्जाका राष्ट्रवादी हुन ? जीवनकालभर सीमा क्षेत्रमा छिमेकी देशको राष्ट्रियतामाथिको हमलाका विरुद्ध प्रतिकार गर्ने तराईवासी कसरी राष्ट्रघाती ? मन मुटुमा नेपालको माया राख्ने र त्यसको रक्षाका लागि मृत्यु स्विकारर्नेहरु कसरी राष्ट्रघाती ? यो विषयमा गम्भीर समिक्षा गरौं ! र देशद्रोही, राष्ट्रघातीलाई कडा सजाय दिलाऔं !!

(२) पछिल्लो केपी ओलीसंग जोडिएको एक घटनालाई सचेत नागरिकले ‘केक काण्ड’ को रुपमा ठूलो आलोचना गरे, कारबाही र सरकारबाट राजिनामाको माग समेत चर्को रुपमा उठ्यो । विगतको इतिहासलाई नियालेर हेर्दा थुप्रै राष्ट्रघाती कदमसंग समेत जोडिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मोत्सवमा भव्य समारोहबीच नेपालको माटो, जनताको आस्था र भावना जोडिएको नेपालको नक्साको केक बनाएर टुक्रा टुक्रा पारेर काटें, खाएँ र त्यसमा रमाउने हर्कत गरे । नेपालको नक्सा, जस्को इतिहासमा धेरैले बलिदानी दिएका छन, जस्को नाता र सम्बन्ध आम नेपालीहरुको ढुकढुकीसँग छ, त्यसको हत्या गर्ने अधिकार कहाँबाट आयो ओलीलाई ? संविधानको धारा २७९ को उपधारा (४) ले मुलुकको भौगोलिक अखण्डतामा प्रतिकूल असर पर्ने गरी राज्यले कुनै सन्धि, सम्झौता गर्न नपाउने भनेको छ । तर नेपालको ठूलो क्षेत्र बेचियो, सम्झौता गरियो ति राष्ट्रघाती अपराधीहरु पनि अहिले शासनसत्ताँकै वरपर छन, कारबाही किन हुन्न ? सार्वभौमसत्ताँमा आँच आउने एमसीसी ल्याउँदैछन यो के हो ? त्यस्तै नेपालको नक्साको आकृति र कुनै अवस्थामा केरमेट गर्नु वा त्यसको अपमान गर्नुलाई संविधानले अपराध भनेको छ । तर नक्सा संशोधनको सम्बन्धमा पनि व्याख्या गरिएको छ । मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका हुनेगरी धारा ४ को उपधारा (२) को खण्ड (क) र धारा २७९ को उपधारा (४), धारा २७४ मा त्यसको व्याख्या छ ।

ओलीको नक्सा काण्डले संविधानको ठाडो अपमान गरेको छ । किन भएन कसुर सजाय ? त्यसबारे उठेका न्यायपूर्ण आवाजहरुमा दमन गरियो । त्यो केक काण्डले सत्ताँ र शक्तिको आडमा शासकहरु इतिहासमा यसरी नै राष्ट्रघात गर्छन र ‘पानीमाथीको ओभानो देखिन्छन’ भन्ने कथन पुष्टि गरेको छ । हामी त्यसका विरुद्ध किन चुप बस्यौ वा दलाल राज्यसत्ताँले चुप लाग्न बाध्य पार्यो ! अतः इतिहासको गम्भीर समिक्षा गरौं र त्यस प्रकारका सबै देशद्रोही, राष्ट्रघातीलाई कठोर सजाय दिलाऔं !!

(३) र, अहिले भिडियोमा नेपालको झण्डा जलाउने मकवानपुरका ग्याल्जेन दोर्जे तामाङको समूह बारेमा पनि चर्चा चलिरहेको छ । उनले झण्डा जलाए, त्यसमा वर्तमान राज्यको कानुनले गर्ने सजाय वा प्रशासनिक बुझाई एक ढंगले मान्य होला । उनले भिडियोमा देखाएका धेरै दृष्य र शब्दहरुले मुलुकको सामाजिक सद्भाव खलल पुर्याउने, जातिय भड्काव बढाउने र वर्गिय समाजमा पुर्न उत्पीडित उत्पीडित जनसमूहहरुबीच द्धन्द्ध फैलाउने र त्यसबाट अन्त्यतः शासक वर्गकै सेवा हुने देखिन्छ । मुलुकको अपराध संहिताको दफा १५१ मा राष्ट्रिय झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख गरिएको छ। संहिताको १५१ मा, ‘राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने, कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गरेमा त्यो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने भनिएको छ, यो सजाय राज्यको प्रशासनिक विषय हो । तर सत्य के हो भने हामी माओवादी कम्युनिष्टहरुले वर्तमान सत्ताँ, व्यवस्था र त्यसका कुनैपनि संयन्त्र र प्रकृयालाई जनन्यायीक छन भनेर पुर्णतया स्विकार गरेको अवस्था होइन, छैन । जनन्यायीक व्यवस्थको लागि गरिएको महान जनयुद्ध र जनताको परिवर्तनको सपनालाई एकाध सत्ताँलिप्सावादीहरुले भताभुङ्ग पारे, देश र जनताको पक्षमा बोल्नेहरु बन्धक बनाइए र शान्तिप्रकृयाको नाममा पुर्न अर्को राष्ट्रघात, जनघात र जनतामाथि धोका, गद्दारीको इतिहासलाई निरन्तरता दिने काम गरियो । माओवादी शक्तिले देशको मुहार फेर्ने, राज्यको पुर्नसंरचना गर्ने र आम नेपाली राष्ट्रियतालाई समेट्नेगरी कानुन बनाउने कुरा कार्यान्वयन गर्न सकेन । त्यतिबेला पनि कुरा उठेको थियो त, राष्ट्रिय चिन्ह, प्रतिकहरुलाई समयानुकुल व्याख्या र परिवर्तन गर्ने बारेको वहस । त्यो वहस गर्नेहरु अहिले किन त्यो हाम्रो विषय थिएन भनेझै चुप्प लागेका छन ?

ग्याल्जेनको अन्य भाषा, शब्द र राजनीतिक बुझाई व्यवहारको कुरामा बिमति छ, तर उनले सामाजिक व्यवस्थाले थोपरेको उत्पीडनको विरोधमा झण्डा विद्रोह गरे । त्यो विद्रोह तत्कालिन माओवादी आन्दोनको माग र सामाजिक रुपान्तरणको प्रकृयामा उठेको राज्यपुर्नसंरचनाको मुद्दाका हिसाबले ठिक छ, उनलाई धन्यवाद भन्दा अन्यथा हुँदैन पनि । हामीले देखिरहेका छौ, यहाँ कानुनको ठूलो व्याख्या गर्नेहरुले नै त्यसको अपमान गरेका छन, तर न्याय र स्वतन्त्रताको आवाजहरुमा यहाँ बन्देज लगाइन्छ, जनताको न्यायपुर्ण विद्रोहलाई दलालसत्ताँ र त्यसको रक्षाकवजका रुपमा बनेको कानुनको आडमा गिरफ्तार, बन्धक बनाइन्छसबै विद्रोहीहरुप्रति लाल सलाम !
जनघाती शासकवर्ग र तिनका घिनलाग्दा हर्कतहरु मुर्दावाद !!
आज यि विषयमा पनि माक्र्स वादी दर्शन र वर्गियदृष्टिकोण अनुसार समिक्षा गर्न तथा वास्तविक राष्ट्रघातीहरुलाई कारबाहीको लागि दवाव दिन आवश्य छ ।

अन्त्यमा, वर्गिय समाजको प्रतिउत्पादकका रुपमा सदियौदेखि निमुखा, भोका नाङ्गा सर्वहारावर्गिय जनसमूदायमाथी अन्याय, अत्याचार र विविधखाले उत्पीडनको हर्कत चल्दै आएको छ । वर्तमानमा हावि भैरहेको दलाल संसदवाद र सत्ताँधारीहरुले बर्बर रुपमा नेपाली जनतामाथि कानुनको शुली देखाउँदै तर्साउने र राष्ट्रघाती, जनघाती गतिविधि खुलेयाम गरिरहेका छन । त्यसको विरोधमा आउने जनताको रुपान्तरणका आवाजलाई दवाउने कुचेष्टा जो गरिदैंछ, त्यसका विरुद्ध एक भएर, सबै उत्पीडित वर्ग जनसमूदायहरुको एकता र तयारीबाट महान जनविद्रोहको प्रकृयामा जुट्नुको विकल्प छैन । ‘अधिकार मागेर पाइदैन, खोसेरै लिनुपर्छ’ दलाल संसदवादले जनताको माग सहजै सम्बोधन गर्दैन । त्यसका विरुद्ध महान जनविद्रोह अनिवार्य सर्तको रुपमा बुझ्न र मालेमावादको मागदर्शक सिद्धान्तलाई अबलम्बन गर्दै सबै प्रकारका उत्पीडन र समस्याहरुको विरुद्ध वर्गिय आन्दोलनमा जुटौं । समस्या छन, त्यसको समाधान सम्भव छ, क्रान्ति बाध्यता र युगको आवश्यकता दुबैं हो । जागौं भोका नाङ्गाहरु, महान जन(विद्रोहको तयारी गरौं !!
अपिल सहित कलमी अभिवादन, नमस्कार !