नेपालमा महामारीको इतिहासमा लिच्छविकालः दुई हजार वर्षमा नेपालमा यस्ता संकटहरु आए…

महामारीमा शान्तिस्वस्ति गर्ने प्राचिन चलन

काठमाडौं । हामीकहाँ इतिहास लेखेर राख्ने चलन नभएकाले नेपालको इतिहासका धेरै कुरा थाहा पाउन सजिलो छैन। महामारीको इतिहासको हकमा पनि यो कुरा लागु हुन्छ। महामारीको इतिहासको कुरा गर्दा नेपालको सबैभन्दा पहिलो महामारीको विवरण लिच्छविकालको पाइएको छ।

तर त्यो पनि लिच्छविकालभन्दा निकैपछि १५औँ शताब्दीमा आएर मात्र वंशावलीमा उल्लेख भएको छ । । गोपालराजवंशावलीमा लिच्छवि राजा सुपुष्पदेवको पालामा ठूलो महामारी आएको उल्लेख छ।

उक्त महामारीको कारण दुधे कर्कला भएको उल्लेख गरेको पाइन्छ। रोचक कुरा के छ भने काठमाण्डूमा दुधे कर्कलो अहिले पनि धेरैले खानका लागि प्रयोग गर्दैनन्।

सुपुष्पदेव कुन बेलाका राजा हुन् भन्ने थाहा पाउन अलि कठिन छ। वि.सं. ७९० को पशुपतिनाथमा जयदेवले लेखाएको शिलालेखमा चाहिँ लिच्छवि राजाहरूमा सुपुष्पको चर्चा छ। तर त्यहाँ महामारीको चर्चा छैन।

ुगोपालराजवंशावलीुमा चाहिँ महामारीको शान्तिका लागि बेथेको साग, रायोको साग र गोबरले नौ दिनसम्म अभिषेक गर्दा रोग निवारण भएको उल्लेख छ।

नेपालको इतिहासको उठानदेखि मल्लकालसम्म हेर्दा मैले एक दर्जन महामारीको विवरण पाएँ। दुर्भाग्य नै भन्नुपर्छ त्यो पनि काठमाण्डूको मात्र उपलब्ध छ। बाहिरको केही विवरण पाउन सकिएको छैन।

उपत्यकाभित्र लेखन संस्कृति थियो तर बाहिर कम लेखन संस्कृति भएकाले धेरै कुरा हामीले थाहा पाउन सक्दैनौँ। दुई हजार वर्षमा १२ वटा मात्र महामारी त आएनन् होला।

मैले मल्लकालको अन्त्य भएपछि आएका महामरीको विस्तृतमा अध्ययन गरिसकेको छैन। कोरोनाभाइरस महामारी सुरु भएयता मैले नेपालको महामारीकै अध्ययन गरिरहेको छु।

मल्लकालयता गिर्वाणयुद्धविक्रमका पालामा आएको बिफरको त काठमाण्डू उपत्यकामा चर्चित नेवारी लोकगीत नै छ।मैले पनि आफूलाई अध्ययनको सीमामा राख्नुपर्छ। त्यसैले मैले मल्लकालसम्मको महामारीको अध्ययन गरेको हुँ।

त्यसबेला पाइएका विवरणका आधारमा ती १२ वटा महामारी प्राकृतिक नै हुन्। तीमध्ये केही मुख्य महामारीको मात्र मैले यहाँ चर्चा गरेको छु। सुपुष्पदेवको पालापछि चाहिँ हामीले १,००० वर्षपछिको मात्र विवरण पाउँछौँ।

त्यो भनेको वि.सं १३८५, ८६ को हो। त्यो महामारी फागुनदेखि भदौ ९विसं १३८६० सम्म फैलिएको थियो। त्यसलाई कनिमरक भनिएको छ। उक्त महामारीमा दैनिक १०० को हाराहारीमा मानिसहरू मरेको भनिएको छ।

नेवारी भाषामा कनिको दुईवटा अर्थ हुन्छ । मकै र एउटा आँखा मात्र भएकी महिला। गोपालराजवंशावलीको अध्ययनका क्रममा धनबज्र बज्राचार्य (इतिहासकार) ले त कनिको अर्थ लगाउने आँट गर्नु भएन।

कमलप्रकाश मल्ल (इतिहासकार) ले चाहिँ त्यसलाई अङ्ग्रेजीमा मेज डेथ वा स्मल पोक्स भनेर अर्थ्याउन खोज्नु भएको छ। यद्यपि उहाँले दुवै अर्थमा प्रश्चवाचक चिह्न दिनुभएको छ।

तर त्यसको ३०० वर्षपछि मात्र भारतवर्ष अर्थात् अहिले भनिने गरिएको दक्षिण एशियामा मकै भित्रिएको पाइएकाले ुकनिुको अर्थ मकै होइन भन्ने मेरो भनाइ छ। हुनत मैले पनि अहिलेसम्म त्यसको अर्थ लगाउन सकेको छैन।

मैले त्यसबारे एउटा लेख लेखेपछि पुरुषोत्तमलोचन श्रेष्ठ ९संस्कृतिविद्० ले ुकनिु भनेको एउटा मात्र आँखा भएकी महिला भनेर लेख्नुभयो। तर महामारी आएको बखतमा त्यस अर्थमा कनि शब्द चलेको देखिँदैन।

अर्को कुरा कुनै पनि महामारी एउटा आँखा मात्र भएकी महिलालाई मात्रै लाग्ने गरेर त पक्कै पनि आउँदैन। त्यसैले कनिमरकको अस्तित्व छ तर त्यो कस्तो महामारी हो भन्ने अनुसन्धेय नै छ।

विभिन्न स्रोतहरूका आधारमा वि।सं। १७२९ देखि १७९७ सम्मको ६८ वर्षभित्र चार पटक बिफरको महामारी आएको हामीले पाएका छौँ। वि.सं. १७२९ को महामारीबाट भक्तपुरका राजा जगत्‌प्रकाश मल्लको मृत्यु भयो।

वि.सं. १७३६ को महामारीमा प्रताप मल्लकी छोरी र उनका छोराछोरीको निधन भएको थियो। त्यसबेला प्रताप मल्लका छोरा नृपेन्द्र गद्दीमा थिए। वि.सं. १७६३ को महामारीमा पाटनका राजा लोकप्रकाश मल्ल पनि बिते।

काठमाण्डूका राजा भास्कर मल्ललाई पनि बिफर लाग्यो तर उनी बाँचे। उनको पछि वि।सं। १९७९ मा प्लेगबाट निधन भएको थियो। यी सबै विवरणहरू नेपाली ऐतिहासिक स्रोतहरूबाट हामीले थाहा पाउँछौँ।

त्यस्तै वि।सं। १७९६ र ९७ मा पनि महामारी आएको पाइन्छ। त्यसको विवरण चाहिँ तिब्बत जान आएका युरोपियन इसाई धर्म प्रचारकहरूका लेखहरूबाट पाइन्छ। त्यसबेला ती पादरीहरू महामारीकै कारण भक्तपुरमा सात महिना रोकिएका थिए।

नेपालमा आएको सबैभन्दा ठूलो महामारी चाहिँ प्लेग हो। त्यसबारे धेरै विवरण पनि पाइन्छन्। नेपालमा विसं १७७२ चैतदेखि विसं १७७९ भाद्रसम्म प्लेग आएको थियो।

त्यो बेला काठमाण्डूका राजा भास्कर मल्लको पनि ज्यान गयो। उनलाई अहिले भनिएको जस्तै क्वारन्टीनमा राखिएको थियो। केही महिनापछि उनी त्यहाँबाट भागेर सहरतर्फ आउँदा रोगले च्यापेको विवरण पाइन्छ। उनको प्लेगकै कारण वि.सं. १७७९ मा प्राण गयो।

त्यो बेलामा चाहिँ चौतारा अर्थात् प्रधानमन्त्री झगल ठकुर नै काठमाण्डूका डिफ्याक्टो (वास्तविक) शासक थिए। उनले राख्न लगाएको विवरण अनुसार त्यो साढे ६ वर्षको महामारीमा १८,७१४ जनाको निधन भएको देखिन्छ।

त्यसबेला कति जनसङ्ख्या थियो भन्ने भन्न त गाह्रो छ। तर परम्परागत रूपमा काठमाण्डूमा २४,००० घर छन् भन्ने चलन थियो। त्यो सुरुमा बस्ती बसाउँदा होला पछि पक्कै बढेको हुनुपर्छ।

त्यसको निकै पछि वि।सं। १८९६ मा भिमसेन थापाको पालामा काठमाण्डूमा जनसङ्ख्या ३७,००० रहेछ। एक सय वर्षपछि ३७,००० रहेको काठमाण्डूमा १८,००० भन्दा बढीको ज्यान जानु भनेको धेरै नै भयो।

त्यो बेला प्रमुख कुमारी पनि बितेको र अन्य दुईजना अतिरिक्त कुमारी पनि मरेको विवरण पाइन्छ। उसबेला चाररपाँच टोलमा कुमारी राख्ने चलन थियो। अहिले पनि जातपात र छुवाछुत समाजमा कायमै देखिन्छ। त्यो बेला त झन् चर्कै थियो।

तर त्यो महामारीले धेरै कुरा परिवर्तन गरिदिएको पाइन्छ। उसबेला कोही बितेपछि काजक्रियाको कडा नियम पक्कै थियो। तर महामारीले त्यसमा पनि परिवर्तन गरेको पाइन्छ।

अघिल्ला महामारीको त धेरै विवरण उपलब्ध छैन। तर प्लेगका बेलामा भने आपत्काल भएकाले राजाज्ञामार्फत् तत्काल काजक्रिया नगरी ४५ दिनको काम एकै दिनमा गराइएको थियो।

त्यस्तै ुमाथिल्लो जातुको लासलाई तल्लो जातले छुनु हुँदैन भन्ने मान्यतामा पनि परिवर्तन आएको देखिन्छ। त्यसबेला ज्यापूले श्रेष्ठको पनि दाहसंस्कार चलाउने चलन चल्यो। त्यसबेलादेखि चलेको चलन अहिलेसम्म पनि केही श्रेष्ठहरूमा कामय छ।

उनीहरूको दाहसंस्कार ुगोु भन्ने उपनाम भएका ज्यापूहरूले अहिले पनि गर्दैछन्। त्यो धार्मिक नियमजस्तो बन्यो । महामारीबाट नेपालले खासै चेतेको जस्तो लाग्दैन।

यी महामारीको सरकारी रेकर्ड समेत छैन। मैले त मानिसहरूले व्यक्तिगत रूपमा टिपेर राखेका नोटहरूबाट सङ्कलन गरेको हुँ। सजग हुने कुरा त परै जाओस्।

यो पल्ट चाहिँ मलाइ अचम्म लागेको कुरा के हो भने पहिलेजस्तो महामारी हटाउन भनेर शान्तिस्वस्ति भएन। ‍सायद यो धर्मनिरपेक्ष र कम्युनिस्ट सरकार भएर भएर होला। पहिले त हरेक महामारीमा शान्तिस्वस्तिको चलन थियो भन्ने विवरण पाइन्छ।

अर्को कुरा भारतमा पनि मन्दिरहरू त आंशिक खुला गरेर पूजाआजा भइरहेकै छ। नेपालमा चाहिँ देवस्थलहरू पनि बन्द छन्। यो मेरा लागि अलि फरक कुरा हो।

(इतिहासकार पन्तसँग बीबीसी संवाददाता विष्णु पोखरेलले गरेको कुराकानीमा आधारित। यो लेख पन्तले प्रयोग गर्ने शैलीकै भाषामा तयार पारिएको छ।) बीबीसीबाट