प्रेस सेन्टरद्धारा पत्रकार विनय यादवमाथिको दुव्र्यवहार कर्तुतको विरोधः दोषीलाई कारबाहीको माग (विज्ञप्तीसहित)

कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी

सिरहा । प्रेस सेन्टर नेपालले सिरहाका पत्रकार विनय यादवमाथि स्थानिय अस्पतालमा गरिएको दुव्र्यवहारको विरोध गर्दै दोषीलाई यथाशक्य कारबाही गर्नका लागि सरकार, प्रशासन, प्रहरी र सम्बद्ध निकायहरु समक्ष माग राखेको छ ।

आज प्रेस सेन्टर नेपाल सिराहाले एक प्रेस विज्ञप्ती जारी गर्दै समाचार लेखेको विषयलाई लिएर पत्रकार यादवमाथि अस्पताल कर्मचारी, डाक्टरहरुले सार्वजनिक रुपमा गरेको दुव्र्यवहारको विरोध गर्दै कडा कारबाहीको माग गरेको हो ।

प्रेस सेन्टर नेपाल सिरहा जिल्ला अध्यक्ष बिटु सिंह र सचिव किस्मत सिंहद्धारा संयुक्त हस्ताक्षरमा जारी गरिएको उक्त विज्ञप्तीमा पत्रकारमाथिको हमला तथा दुव्र्यवहारका दोषीलाई कारबाही नगरेमा त्यसका विरुद्ध कडा आन्दोलनमा उत्रिन समेत बाध्य हुने भन्दै राज्यसंयन्त्रलाई कडा चेतावनी दिइएको छ ।

सहर्नियाँस्थित आरके मेडिसिटी अस्पतालमा उपचारार्थ स्थानीय एक बालकका परिवारजनसँग गत शनिवार साँझ अस्पताल गएको समयमा पत्रकार यादवमाथि उनले पहिले लेखेको एक समाचारको विषयलाई लिएर उक्त अस्पतालका कर्मचारी, डाक्टरहरुले अपमानजन रुपमा दुव्र्यवहार गरेको विज्ञप्तीमा खुलाईएको छ ।

पत्रकार यादव न्यूजब्यूरो डटकममा संवाददाता हुन । उनले केही समयअघि अस्पतालमा भैरहेको उपचार प्रकृया र त्यसबाट नागरिकले भोग्नुपरेको सास्ती, कठिनाईका विषयमा ‘अस्पतालको लापरबाहीले महिलाको मृत्यु..’ शिर्षकमा समाचार लेखेका थिए । त्यसै समाचारको विषयमा अस्पताले उनीमाथि दुव्यवहार गरेको बताइएको छ ।

प्रेस सेन्टर नेपालले समाचारको विषयलाई लिएर अस्पतालका डाक्टर जस्तो व्यक्तिले पत्रकारलाई विरामीको उपचारमा सहयोगका लागि गएको बेला धम्क्याउनु, दुव्र्यवहार गर्नुले समग्र स्वास्थ्य जगतलाई लज्जीत बनाएको भन्दै आलोचना गरेको छ ।

उक्त घटनालाई संविधान पद्दत स्वतन्त्र प्रेस अधिकारको हकका विरुद्धको हमला भन्दै प्रेस सेन्टर नेपाल सिरहाले पत्रकार विनय यादवमाथि गरिएको दुव्र्यवहार कर्तुतमा संलग्नलाई कडा कारबाहीको माग गरेको हो ।

विज्ञप्तीमा भनिएको छ–‘पत्रकारको पेशागत अधिकार क्षेत्रमा हस्तक्षेप गर्नु, आक्रमणमा उत्रिनु संवैधानिक रुपमा गम्भीर अपराध हो । समाजको ऐनाको रुपमा चित्रित प्रेस जगतमा क्रियाशिल पत्रकारमाथि घोचपेच तथा मौकापर्खेर दुव्र्यवहार गरिनु संविधान पद्दत ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार’ माथिको प्रहार हो भन्ने हाम्रो ठहर छ ।’

कारबाहीको माग गर्दै विज्ञप्तीमा अगाडी भनिएको छ–‘हाम्रो संगठन उक्त घटनाको विरोध गर्दै त्यसमा संलग्न सबैलाई यथाशक्य छानविन र कारबाही गर्नका लागि स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय र सम्बद्ध सम्पूर्ण निकाय समक्ष माग गर्दछौ ।’

प्रेस सेन्टरले राज्यको चौथो अंगका रुपमा रहेको प्रेस क्षेत्रको संविधान पद्दत स्वतन्त्रतामा आँच पुर्याउने, समाचार लेखेको विषयमा पत्रकार धम्क्याउने, दुव्र्यवहार गर्ने, असुरक्षित बनाउने हर्कत जो कसैले गरेपनि त्यो आफ्नो संगठनलाई स्विकार्य नहुने समेत प्रष्ट पारेको छ ।

कारबाही नगरेमा प्रेस सेन्टरले प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलनको नेतृत्व लिने भन्दै विज्ञप्तीमा भनिएको छ–‘राज्यसंयन्त्रले समयमै त्यस्तो प्रवृति नियन्त्रण गरोस्, यन्यथा आम श्रमजीवी तथा जनपक्षीय पत्रकार, सञ्चारकर्मिहरु आन्दोलनमा जान बाध्य हुनेछन् । त्यस प्रकारको न्यायपूर्ण र प्रेस स्वतन्त्रताको आन्दोलनलाई हाम्रो संगठनले सगौरव नेतृत्व गर्ने विषय प्रष्टै छ ।’

पत्रकार यादवमाथिको घटनालाई लिएर नेपाल पत्रकार महासंघ सिरहाले समेत छानविनको माग गर्दै विज्ञप्ती जारी गरेको छ । पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले गत मंगलबार विज्ञप्ती जारी गर्दै शाखा अपाध्यक्ष रामबाबु यादवको संयोजकत्वमा पाँच सदस्यीय घटनाको जाँचबुझ समिति गठन गरेको जनाएका छन ।

महासंघ सिरहाले गठन गरेको उक्त समितिमा मनोज बनैता, गणेश शाह, दुर्गा परियार र शिव दयाल यादव लगाएत रहेका छन । त्यस्तै उक्त घटनाको विरोध गर्दै सिरहा युवा सञ्जालका महासचिव आकांक्षा झा हिजो विज्ञप्ती जारी गर्दै दुव्र्यवहारमा संलग्नमाथि कारबाहीको माग गरेका छन ।

उक्त घटनालाई लिएर सञ्चार तथा श्रमजीवी, सामाजिक अधिकारका पक्षमा सरोकार राख्ने विभिन्न संघ संस्थाहरुले समेत घटनाको सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरिरहेका छन ।

उक्त विषयमा जिल्ला प्रहरी कार्यालयले भने जानकारी नभएको बताएको छ । प्रहरीमा उजुरी भएमा छानविन गर्ने प्रहरीले बताएको छ ।

तर सामाजिक सञ्जालमा तिब्र विरोध तथा कारबाहीको माग आइरहेको विषयको बारेमा जानकारी गराउँदा भने प्रहरी त्यो विषयमा बुझ्ने बताएको छ । बाँकी हेर्नुहोस् सिरहा प्रेस सेन्टरले जारी गरेको विज्ञप्तीको पूर्णपाठ….

प्रेस सेन्टर नेपाल, जिल्ला समिति सिरहा

पत्रकार विनय यादवमाथिको दुव्र्यवहार कर्तुतको दोषीलाई कारबाही गरियोस् !

प्रेस विज्ञप्ती

हाम्रो संगठन आफ्नो स्थापना कालदेखि निरन्तर पेशागत स्वतन्त्रता, सुरक्षा, हक, अधिकार र क्षमता अभिवृद्धी एवं सुद्धताका पक्षमा संघर्ष गरिरहेको विषय सम्पूर्णमा अवगत नै छ । पछिल्लो समय राज्यपक्षबाट संविधान पद्दत सञ्चार क्षेत्रको स्वतन्त्र अधिकारलाई विभिन्न ऐन, कानुन, विधेयकहरुको नाममा हस्तक्षेप गर्न रचिएको कुचेष्टाका विरुद्ध होस वा पेशागत कर्म गरिरहदा अन्य पक्षबाट सञ्चारकर्मिहरुमाथि गरिने हमला, धम्की वा अपमान, दुव्र्यवहारका घटनाहरु, त्यसका विरुद्ध सधैंव हाम्रो जोडदार विरोध, भत्र्सना तथा चेतावनी छ । यसैसन्दर्भमा सिरहाका श्रमजीवी तथा जनपक्षिय पत्रकार एवं न्यूजब्यूरो डटकमका संवाददाता बिनय यादवमाथि गत शनिवार साँझ सहर्नियाँस्थित आरके मेडिसिटी अस्पतालमा गरिएको दुव्र्यवहारको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त दुव्र्यवहार गरिएकोप्रति हामी कडा शब्दमा विरोध जनाउँन चाहन्छौं ।

उक्त अस्पतालमा शुक्रबार राति भर्ना भएका स्थानीय एक बच्चालाई शनिवार रिफर गर्न खोजेपछि अस्पतालमा पुगेका पत्रकार विनय यादवमाथि अस्पतालमा दुव्र्यवहार तथा अपशब्द प्रयोग गरिएको बुझिएको छ । सहयोगको भावनाले बिरामीका परिवारजनसँग अस्पताल गएका पत्रकारमाथि अस्पतालका केही कर्मचारी, डक्टरहरुले पहिले लेखेको एक समाचारको विषयलाई लिएर दुव्र्यवहार गरेको बुझिएको छ । अस्पतालमा भैरहेको उपचार प्रकृया र त्यसबाट नागरिकले भोग्नुपरेको सास्ती, कठिनाईका विषयमा पत्रकार यादवले ‘अस्पतालको लापरबाहीले महिलाको मृत्यु..’ शिर्षकमा समाचार लेखेका थिए । त्यहि समाचारकै कारण उहाँमाथि एकतर्फि रुपमा अमानवित, अपमानजनक व्यवहार गरिएको खुल्न आएको छ । समाचारको विषयमा चित्त नबुझेंमा खण्डन गर्ने, प्रेस काउन्सिल, पत्रकार महासंघ लगाएतका सञ्चार सम्वद्ध निकायमा उजुरी गर्ने वा कानुनी रुपमा समाधान खोज्नुको सट्टा निचतापूर्ण व्यवहार गर्दै पेशागत अधिकार क्षेत्रमा हस्तक्षेप गर्नु, आक्रमणमा उत्रिनु संवैधानिक रुपमा गम्भीर अपराध हो । समाजको ऐनाको रुपमा चित्रित प्रेस जगतमा क्रियाशिल पत्रकारमाथि घोचपेच तथा मौकापर्खेर दुव्र्यवहार गरिनु संविधान पद्दत ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार’ माथिको प्रहार हो भन्ने हाम्रो ठहर छ ।

उपचारको प्रकृयामा गएको बेला समाचारको विषयलाई लिएर अस्पतालका कर्मचारी, डक्टरहरु स्वयम् आक्रामक शैलिमा प्रस्तुत हुनुले समग्र स्वास्थ्यकर्मि तथा अस्पताल क्षेत्रलाई समेत लज्जीत बनाउने हर्कत भएको छ । कोरोना संकटबाट विश्व मानवसमुदायले दुख भोगिरहेको अवस्थामा सहयोगमा जुट्नु र आफ्नो कामलाई धर्म बनाउनुपर्ने वस्तुगत मागलाई बोद्य नहुँनुको परिणाम उक्त घटना भएको देखिन्छ । अतः हाम्रो संगठन पुर्न उक्त घटनाको विरोध गर्दै त्यसमा संलग्न सबैलाई यथाशक्य छानविन र कारबाही गर्नका लागि स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय र सम्बद्ध सम्पूर्ण निकाय समक्ष माग गर्दछौ । राज्यको चौथो अंगका रुपमा रहेको प्रेस क्षेत्रको संवैधान पद्दत स्वतन्त्रतामा आँच पुर्याउने, समाचार लेखेको विषयमा पत्रकार धम्क्याउने, दुव्र्यवहार गर्ने, असुरक्षित बनाउने हर्कत जो कसैले गरेपनि त्यो हामीलाई किमार्थ स्विकार्य छैन । त्यस्ता प्रवृतिलाई राज्यसंयन्त्रले समयमै नियन्त्रण गरोस्, यन्यथा आम श्रमजीवी तथा जनपक्षीय पत्रकार, सञ्चारकर्मिहरु आन्दोलनमा जान बाध्य हुनेछन् । त्यस प्रकारको न्यायपूर्ण र प्रेस स्वतन्त्रताको आन्दोलनलाई हाम्रो संगठनले सगौरव नेतृत्व गर्ने विषय प्रष्टै छ । अन्त्यमा, पत्रकार यादवमाथि दुव्र्यवहार कर्तुतमा संलग्नहरुलाई तत्काल कारबाही गरियोस्, सचेतनपूर्वक जोडदार माग गर्दछौं । अभिवादन सहित !!
मितिः २०७७/०५/१२ ।
………                                                                                            …………….
किस्मत सिंह                                                                                    बिटु सिंह
सचिव                                                                                              अध्यक्ष