‘कोरोना आतंक दलाल पुँजिवादको उपजः महान जनविद्रोह समाधानको बाटो’

समाजवाद स्थापनार्थ संघर्ष आजको आवश्यकता

विनोद कुमार उपाध्याय

प्रकृति निर्मित जीव–जगतलाई प्रकृतिले सन्तुलन र गैरसन्तुलन गर्दैगर्दा हामी मानव समुदाय पनि यहाँसम्म आइपुगेकोमा दुइ मत हुन सक्दैन । तर जब मानव समुदायभित्रका पुँजिवादी, सम्राज्यवादी रक्त पिपासुहरु आफ्नो निजि फाइदाको लागी प्रकृतिको नियम विपरीत गतिविधि गर्न थाले र मानव हत्यामा संलग्न भए तबदेखि अहिलेसम्म मानिसहरु भोक रोगले मात्रै होइन सत्ता निरञ्कुशता, तानाशाही दमनले मर्न बाध्य भएका छन् । आफ्नो निजि स्वर्थलाई बचाउन मानव रुपी दैत्य, सैतानहरु अहिले थुप्रै औषधि, भ्याक्सीन तैयार पारी कोरोनाको उपचारको बहानामा बिभिन्न देशलाई प्रयोगशालामा परिणित गरिरहेका छन। सम्बन्धित देशका उनीहरुका दलालहरु मिडियाबाट कोरोना फैलिदैछ भनि कूप्रचार गरि समाजलाई आतंकित पारी रहेका छन । हामी आतंकित पनि भै रहेका छौं। यसका कारणहरु उजागर गर्नै पर्दछ।

हामीलाई जानकारी हुनै पर्दछ कि मानिस भित्रपनि विभिन्न भाइरसहरु रहेका छन, जस्तै हरेक मानिसमा ट्युबरक्लोसिस अर्थात छय रोग, सुगर, कोरोना आदी। जब शरीर भित्रको प्रतिरोधात्मक क्षमताले भाइरसलाई जित्न सक्दैन, अनि उपचारको आवश्यकता पर्दछ। प्रकृतिले यसलाई सन्तुलित बनाउने काम गरिरहेको हुन्छ । तर जब बाहिरबाट यसलाई हस्तझेप गरिन्छ तब वर्तमानको बर्बर अवस्था देखा पर्दछ। ठिक यहि किसिमले बाह्य बाइलोजिकल हस्तझेप गरि पुजीवादीहरुले आफ्नो अर्थतन्त्र बलियो पार्न अन्तिम हतियारको रुपमा कोभिड १९ प्रयोग गरेको प्रष्ट देखिदैंछ। अबको बिश्वयुद्ध वा अन्य युद्धहरु बाइलोजिकल र साइबर युद्धनै हुनेछन । यस्तै नरसंहार मचाउँदै विश्व मानवसमूदायमा आतंक श्रृजना गरेर पुँजिवादी मुलुकहरु अघि बढ्ने कुचेष्टा गरिरहेका छन । बिश्व अर्थतन्त्रको गिर्दो अवस्था बचाउन कहिले प्रतिस्पर्धात्मक त कहिले एकाधिकरण त कहिले नव उदारवी खुला अर्थतन्त्र अनि बहुराष्ट्रियकम्पनीको प्रयोग गरिरहेका छन । यी सबैले न पुगेर बित्तिय पुँजिवाद अर्थात श्रमले होइन पैसाले पैसा उत्पादन गर्ने नितिको बाटो अवलम्बन गरेर मानिसलाई बेरोजगार बनाउदै कोरोना आक्रमण गरिएको हो।

मानव रगत पिएको ७५ बर्ष पुगि सकेको छ। अब पुनः यो धर्तिमा रहेका मनव समुदायले तिनिहरुको शिकार हुंदै जने अवस्था जो देखिदैंछ, हामीले त्यसबारे सोच्न, बुझ्न सतर्कता अपनाउन आवश्यक पनि छ । प्रकृतिक असन्तुलनको प्रतिकार गर्ने मानिसहरुले सम्राज्यवाद, पुँजिवादको यस प्रकारको हर्कत बिरुद्ध आफ्नो देशमा रहेका तिनका दलालहरु बिरुद्ध संघर्ष गर्ने बाध्यता मोल्नै पर्छ । अब वैत्रानिक समाजवाद स्थापनार्थ महान जनविद्रोहको तयारी बाहेक अर्को राजनैतिक बाटो छैन । त्यस कारण योग्यताको आधारमा काम र कामको आधारमा दामकों आर्थिक ब्यवस्था अनिवार्य शर्त भै सकेको छ, त्यसको कार्यान्वयनको लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको दिशामा सबै मानव समुदाय जुटौं, यहि अहिलेको मुख्य आवश्यकता हो । कोराना त्रास तथा आतंक दलाल पुँजिवादको सड्यन्त्रका रुपमा आएको हुनाले समाजवादी व्यवस्था स्थापनाको संघर्षलाई उचाईमा पुर्याउनु त्यसमाथिको हमला हुनेछ । सबै समस्याहरुको समाधान जनताको न्यायीक व्यवस्थाको लागि महान जनविद्रोहको कार्यदिशाबाट हल गर्न सम्भव छ । यहि अहिलेको समस्याको निकास पनि हो ।

(रुपन्देहीको भैरहवाका स्थानिय, लेखक उपाध्याय, नेकपा माओवादी केन्द्रका सचिव हुन । उनी सामाजिक व्यवस्था रुपान्तरणको पक्षमा विभिन्न घटनाक्रमलाई वर्गिय दृष्किोणसहित कलम चलाउने गर्दछन ।)