विश्व स्वास्थ्य सङ्गठन भन्छः ‘पाँच वर्ष मुनिका बालबालिकाले सामान्य परिस्थितिमा मास्क लगाउनु पर्दैन’

१२ वर्ष भन्दा माथिकाले अनिवार्य लगाउनुपर्नेः हेर्नुहोस्

काठमाडौं । कोरोना संक्रमणको अवस्थाबाट सतर्कता अपनाउने सन्दर्भमा पाँच वर्ष वा त्योभन्दा मुनिका बालबालिकाले प्रायः मास्क लगाउनु नपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले आफ्नो वेभसाईटमा उक्त सामाग्री राखेको छ ।

डब्ल्यूएचओले आफ्नो अफिसियल वेबसाइटमा तीनवटा उमेर समूहलाई समेट्दै माक्स लगाउनेबारे दिएको सुझावले त्यस्तो देखाएको हो ।

प्रकाशित सुझावमा १२ वर्षदेखिका बालबालिकाले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन वयस्कहरूले जस्तै अनिवार्य रुपमा मास्क लगाउनुपर्ने जनाएको छ ।

पाँच बर्षसम्मको, ६ बर्षदेखि ११ बर्षसम्मको र १२ बर्षभन्दा माथिका गरी तीन समूहमा राखेर माक्स लगाउनेबारे डब्लुएचओले सुझाव दिएको छ । उक्त सुझाव अनुसार पाँच वर्ष वा त्योभन्दा मुनिका बालबालिकाले सामान्य परिस्थितिमा मास्क लगाउनु नपर्दैन बताइएको छ ।

त्यस्तै छ देखि ११ वर्ष सम्मका बालबालिकाहरुलार्य भने सङ्क्रमण प्रभाव क्षेत्रका आधारमा माक्स लगाउन आवश्यक हुने बताइएको छ ।

डब्लएचओले भनेको छ–‘उच्च जोखिम भएका व्यक्तिसँग उनीहरूको उठबस के कति छ, र बसोबास गरेको क्षेत्र के कति प्रभाववित छ, त्यसको आधारमा माक्सको प्रयोगलाई जरुरी गराउनुपर्छ ।’

बालबालिकाले मास्क प्रयोग गर्दा सुरक्षित रूपमा लाउन वा फुकाल्न ठूला मानिसको सहयोग चाहिने भएको उल्लेख गर्दै डब्लुएचओले बालबालिकालाई अवस्था र उमेर समूह अनुसार माक्सको प्रयोगमा ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

त्यस्तै बाह्र वर्ष वा त्यसभन्दा बढी उमेरका बालबालिकाले वयस्कहरूले भने अरुले जस्तै अनिवार्य रुपमा मास्क लगाउपर्ने बताएको छ । त्यस्तै एक अर्काबाट सामाजिक दूरी समेत कायम गर्नुपर्ने बताइएको छ ।

त्यस्तै व्यापक रूपमा सङ्क्रमण फैलिएका क्षेत्रमा ६० वर्षमुनिका सबै स्वस्थ वयस्कहरूले समेत एक मिटरको दूरी सुनिश्चित गर्न नसकिए फ्याब्रिक मास्क लगाउपर्ने बताइएको छ । साठी वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्तिको स्वास्थ्यस्थिति कमजोर हुने भएकाले अनिवार्य मास्क लगाउपर्ने भनिएको छ ।

अहिलेसम्म विश्वभरि दुई करोड ३३ लाख भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण देखिएको छ भने आठ लाखभन्दा बढी मानिसको कोरोनाका कारण मृत्यु भइसकेको छ। कतिपयमा लक्षण नदेखिएकाले वास्तविक सङ्क्रमितको सङ्ख्या एकिन हुन सकेको छैन ।