त्यो दिनः स्मरणमा ‘मुक्ति वा मृत्युको सपथ लिएको दिन’

सर्वहारावर्गिय राज्यसत्ताँ स्थापनाको संघर्ष

त्यो दिनः स्मरणमा ‘मुक्ति वा मृत्युको सपथ लिएको दिन’

अरुण घिसिङ

हो आजकै दिन
छितिज पारीको स्वर्णिम युगको
कल्पनामा डुबेर
ज्यानकै कुर्वानीको
होड्बाजि मारेर
त्यो सुन्दर
अनि कल्कलाउदो
विहानीको सुर्यको किरण झै झुल्किने
सपना साचेको
हो आजकै दिन !!

श्रमिकको खुन लुटेको दिन
मजदुरको पसिना चुसेको दिन
भरियाहरुको नाम्लो खोसिएको दिन
गोठालाको गास कटाएको दिन
निशाचर रात सङ्गै लुट्पुटिएर
पुर्णिामाको जुनको टह टह मनभरि
साचेर
सुन्दर सपना साच्दै
बैरिहरुको विरुद्ध
हुङ्कार छेड्न लाम लाग्दै रगताम्य
बाटोमा पाइला चालेको
हो आजकै दिन !!

जुत्ता बनाउनेहरुको खालि खुट्टा भएको दिन
कपडा सिलाउनेहरुको आङ खालि भएको दिन
हसिया र कचिया बनाउनेहरुको पुर्पुरोमा
युगकै बोझिलो भारीले थिलो थिलो पारेको दिन
शताब्दीकै दुर्भाग्य विरुद्ध
रक्तबिजमा तैरियर
नविन युगको संकल्प गरेर
महासमरमा मृत्यु सङ्ग जिवन खोज्दै
वलिदानको कोटा चुक्ता गर्न
लाम लागेको
हो आजकै दिन !!

माझकिरातमा फुलहरु फुलाउने दृढ संकल्प गर्दै
लिम्बूवानमा मितेरी लगाउने बाचा गर्दै
मगरातमा माईति चेलिको
सम्बन्ध प्रगाढ पार्ने विश्वास दिलाउदै
थारुवानमा खुशीको मुस्कानहरु छर्ने प्रण गर्दै
नेवामा सस्कृतिको ज्वजल्यावान बनाउने अठोट गर्दै
तम्सालिङमा च्याङ्वा र मैच्याङ सङ्ग
छमछमी नाच्ने
दृढ संकल्प साचेर
शताब्दीकै संगीनको धारमा
सुन्दररुपी जिवन खोज्दै
अग्निकुण्डमा विश्वास देखेको
हो आजकै दिन !!

दुनियाँले कोल्टे फेरिएर
असमानताको पर्खाल भिमकाय भएकोछ
वर्ग फेरिएर अभिजात भएकोछ
सतिसाल झै उभिएको
युग बदल्ने संकल्प
रछ्यानमा धुजाधुजाछन्
शताब्दीकै दुर्भाग्य झन झन बोझिलो
अनि पेचिलो बन्दै
स्वाधीनताको खाडल चौडा भएकोछ
यस्तै यस्तै भएकोछ
हो आजकै दिन !!

(लेखक घिसिङ सामाजिक रुपान्तरणको पक्षमा साहित्यका विविन्न विधामा कलम चलाउने गर्दछन् । उनी सामाजिक व्यवस्था परिवर्तनको राजनीतिक आन्दोलनमा समेत संलग्न छन ।)