यस बर्षको तीजमा ६९ बर्षिय आमाले छमछम यसरी नाचिन ! भिडियोमा हेर्नुहोस्

काठमाडौं । कोरोना कहरसँगै सरकारको कर्फ्युको आदेशबीच यस बर्षको तीजमा नेपाली महिलाहरुले आफ्नै घर, आँगन र घर परिवारमा रमाउँदै तीज मनाएका छन ।

कर्फ्युबीच समेत पशुपति पुगेकी काभ्रे घर बताउने ६९ बर्षिय बृद्ध एक आमाले भने मन्दिर क्षेत्रमा छमछमी नाचेर रमाईलो गरिन ।

जानुका पोखरेल नाम बताउने बृद्ध आमाले मन्दिरमा नाच्दा मन रमाउने भन्दै सतर्कता अपनाउँदै आफुहरुले तीज मनाएको बताइन ।

ति बृद्ध आमाले नाचेको हेर्न मानिसहरु जम्मा भएका र्थि । विगतमा भिडभाड हुने पशुपति क्षेत्रमा यस बर्षको तीजमा ठाउँ ठाउँमा महिलाहरु जम्मा भएर नाचगान गरेको देखिन्थ्यो । हेर्नुहोस ति आमाको नाच यो भिडियोमा…..