धिरेन कुमारको ‘तारेभिरमा बुकी’ सार्वजनिक

साथमा मेलिना राईको स्वर

काठमाडौं । नव गायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो ‘तारेभिरमा बुकी’ सार्वजनिक गरेका छन्। रमाइलो डान्सिङ शैलीको यस गीतमा धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ।

गीतका शब्द सुमन श्रापितले लेखेका हुन्। बीबी अनुरागीले संगीतवद्द गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ ।

रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। माधव श्रेष्ठ सह निर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।

गायक रोकायाको पहिलो प्रयास स्वरूप प्रस्तुत गरिएको यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण संगीत प्रेमीलाई आग्रह गरेका छन्।

आगामी दिनमा निरन्तर राम्रा गीत संगीत सार्वजनिक गर्दै जाने गायक रोकायाले बताएका छन्।

उनको उक्त गीतको भिडियोलाई दर्शकहरुले के कति मन पराउँछन त्यो अहिले भन्न नसकिएपनि निर्माणको क्रममा गरिएको मेहनतले भने सफल हुने निर्माताको विश्वास रहेको छ ।