जबरजस्ती करणी अभियोगमा २ पक्राउ

थप अनुसन्धान जारी

काठमाडौं । ललितपुरमा हिजो राति महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन खैरेनी नगरपालिका ३ घरभएका २८ वर्षीय रामशरण बिक हाल ललितपुर हरिसिद्धि बस्ने र नुवाकोट विदुर नगरपालिका ८ घर भएका रामकुमार सुनुवार रहेका छन् ।

उनीहरूले २१ वर्षीया महिलालाई रोकी राखेको ग १ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ थानकोटबाट प्रहरीले आइतबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।