बाँकेमा २ चिकित्सक सहित ७ जनामा कोरोना पुष्टि

बाँके । आइतवार बाँकेमा दुई चिकित्सकसहित सात जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका थप सात जनासहित १२ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये जिल्ला अदालत बाँकेबाट संकलन गरिएको नमुनामध्ये पाँच जनामा कोरोना पुष्टि भएको छ जसमा नेपालगञ्ज वडा नं. ६ का ४०, वडा नं. ७ का ५५, वडा नं. १८ का ४६, खजुराका २२ र भेरी नगरपालिका वडा नं. ३ सुर्खेतका गरी पाँच जनामा संक्रममण पुष्टि भएको छ ।

यस्तै सेनाको अस्पताल राँझाबाट संकलन गरिएको स्वाबमध्ये नेपालगञ्ज वडा नं. २० का ३३ र ३४ तथा गुलरिया नगरपालिका वडा नं. ५ का २३ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै सेनाको फिए दाङबाट संकलन भएको नमुनामध्ये बोलानगर, सिन्धुलीका ३५ वर्षीय पुरषमा कोरोना देखिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै खजुरा ६ का ३७ वर्षीय र टिकापुर कैलाली १ का २६ र ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।