तास खेलिरहेको अवस्थामा १२ पक्राउ

लाखौंको नगद जफत

काठमाडौं । काठमाडौंको नारायण गोपालचोकबाट तास खेलिरहेको अवस्थामा १२ जना लाखौं नगद र ६ बुक तास सहित शनिबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपालचोक जुगल गाउँपालिका ४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षिय याम बहादुर श्रेष्ठ लगायत १२ जना रहेका छन् ।

रु ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित उनीहरुलाई काठमाडौं महानगरपालिका ३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।