प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ पक्राउ

आवश्यक अनुसन्धान जारी

धनुषा । धनुषामा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक व्यक्ति लक्ष्मिनियाबाट पक्राउ परेका छन् ।

प्रलोभनमा पार्न खोजेको अभियोगमा बिआर ०६ पिई ०६५८ नम्बरको गाडीका चालक सर्लाही ईश्वरपुर नगरपालिका ९ बयलबास बस्ने ३२ वर्षीय रामविश्वास पटेललाई लक्ष्मिनिया गाउँपालिका ७ लक्ष्मिनिया चोकबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा उक्त गाडीको भन्सार पास नभएकोले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाएको भनी पटेलले प्रहरीलाई नगद २ हजार रुपैयाँ घुस दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।