जबरजस्ती करणी अभियोगमा एक पक्राउ

थप अनुसन्धान हुँदै

बर्दिया । बर्दियाको गुलरियामा जबरजस्ती करणीको अभियोगमा शनिबार एक व्यक्ति पक्राउ परेको छ ।

अभियोगी गुलरिया नगरपालिका ८ कोठियागाउँ बस्ने २३ वर्षीय श्याम थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको अवस्थामा महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भई प्रहरीले थारुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।