ट्राफिकमा सङ्क्रमणपछि बग्गीखानामा सीलबन्दी

एसएसपी सहित ३७५ जना क्वारेन्टिनमा

काठमाडौ । कोरोना महामारीका बेला उपत्यकाका २ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएसंगै महानगरीय ट्राफिक प्रहरी महाशाखा(बगीखाना) मा सर्वसाधारणलाई आउजाउ गर्न रोक लगाइएको छ ।

कोरोना संक्रमण नसर्नका लागि यस्तो बन्देज लगाइएको महाशाखाका प्रवक्ता एसपी बामदेव गौतमले जनाएका छन् ।

उनका अनुसार महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

हाल रामशाहपथस्थित ब्यारेकमा अढाई सय जति ट्राफिक प्रहरी रहेका छन् । साथै, प्रहरीलाई पनि त्यहाँबाट बाहिर जान दिइएको छैन ।