प्रेस काउन्सिलको सदस्य–सचिवमा किरणराज शर्मा

अध्यक्ष श्रेष्ठद्धारा काउन्सिलमा स्वागत

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले एक कार्यक्रमबीच आज काउन्सिल सदस्य–सचिव किरणराज शर्मालाई स्वागत गरेका छन ।

उमेर हदका कारण प्रेस काउन्सिल सदस्य–सचिव लेखनाथ शर्माले २०७७ साउन १३ गतेदेखि अनिवार्य अवकाश लिएपछि , सूचना तथा प्रसारण विभागको महानिर्देशकको नयाँ जिम्मेवारीमा सहसचिव किरणराज शर्मा आएका हुन ।

प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलको सदस्य सचिवकोरुपमा विभागका महानिर्देशकलाई तोकेको छ । उनी यसअघि गण्डकी प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।

कार्यवाहक अध्यक्ष श्रेष्ठले शर्मालाई स्वागत गदैं काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्य सचिवकोरुपमा उहाँका जिम्मेवारीबारे जानकारी गराएका छन ।