आज ताइवानका पूर्वराष्ट्रपति ली तेङ–हुईको निधन

अंगहरुले काम नगरेको अस्पतालको भनाई

ताइवान । आज ९७ वर्षको उमेरमा ताइवानका पूर्वराष्ट्रपति ली तेङ–हुईको निधन भएको छ । ताइवानमा उनले तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि अशक्त रहेको पारिवारिक स्रोतबाट खुल्न आएको छ ।

ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दिर्घरोगी पूर्व राष्ट्रपति लीका शरीरका भित्री अंगहरुले काम गर्न छाडेपछि मृत्यु भएको संवाददाताहरुलाई जानकारी दिए ।

पूर्व राष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति थिए । उनको कार्यकालमा चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो । एएफपी/एजेन्सि